विद्यालयका शिक्षक तथा कार्यालय सहयोगीमाथि कुटपिट

http://sindhulidarpan.blogspot.com/2013/03/teacher_5.html
चीना थापा,
सिन्धुली,फागुन २२ ।
कमलामाइृ नगरपालिका वडा नं. ४ मा रहेको मनकामना प्राविमा कार्यरत शिक्षक तथा कार्यालय सहयोगिमाथि आज कुटपिट भएको छ । कुटपिटवाट कार्यालय सहयोगी मैया कार्की गम्भीर घाइते हुनुभएको छ । विद्यालय व्यवस्थापन समिति, अभिभावक र प्रधानाध्यापकवीचको आपसि द्धन्दका कारण विद्यायमा गत असोज १८ गतेदेखि पठनपाठन पनि प्रभावित भैरहेको छ ।
समस्या समाधानका लागि हिजो जिल्ला शिक्षा कार्यालयमा वृहत छलफल समेत भएको थियो । समस्या समाधानका लागि आज विद्यालयमा सम्वन्धित निकायका व्यक्तिहरुको उपस्थितीमा छलफल गरिने कार्यक्रम तय भएको थियो ।
तर आज विहान छलफका लागि विद्यालय पुग्नासाथ गैर शिक्षकहरुको उक्साहटमा स्थानिय अभिभावकहरुले कार्यालय सहयोगी मैया कार्कीलाई कालो मोसो दल्दै मरणासन्न हुनेगरि कुटपिट गर्नुका साथै प्रधानाध्यपक विनु खड्का र शिक्षक कमला खड्कामाथि पनि कुटपिट गरेको वताइएको छ । स्थानिय सुनिता रानामगर, देविका जर्गा मगर, तेज वहादुर राना, रतन विक लगायतका उदण्ड व्यक्तिहरुले महिला शिक्षकहरुमाथि निघात कुटपिट गरेका हुन् । कुटाइवाट कार्यालय सहयोगी मैया कार्की गम्भीर घाइते हुनुभएको छ र वहाँको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भैरहेको छ । घटनाका दोषिमाथि कारवाहि र पिडीतलाई न्याय दिलाउन माग गर्दै पिडीत पक्षले जिल्ला प्रहरी कार्यालमा उजुरी दर्ता गराएको छ ।
विद्यालयमा स्वयंसेवकका रुपमा अन्य व्यक्तिहरुले विद्यालय वाहिर पाल टाँगेर पठनपाठन गराइरहेका छन् । विद्यालय कक्षाकोठाभित्र पढ्न पाउने विद्यार्थीहरुको अधिकार हनन् भएको भन्दै शिक्षा संवद्ध व्यक्तिहरुले आपत्ति जनाइरहेका छन् ।
शिक्षकहरुमाथि भएको कुटपिटप्रति शैक्षिक संघ संगठनको ध्यानाकर्षण
सिन्धुलीको कमलामाई नगरपालिका–४ जरायोटारमा रहेको मनकामना प्राविमा कार्यरत शिक्षक तथा कार्यालय सहयोगीमाथि आज भएको कुटपिटप्रति सिन्धुलीका शैक्षिक संघ संगठनहरुले ध्यान आकर्षण भएको जनाएका छन् । स्थानिय केहि अभिभावक र केहि गैर अभिभावकहरुले विद्यालयका कार्यालय सहयोगी मैया कार्की र शिक्षकहरु विनु खड्का र कमला खड्का माथि निर्घात कुटपिट गर्नुका साथै गालि गलौज समेत गरेका थिए । आज संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै शैक्षिक संघ संगठनहरुले घटनाको निन्दा गर्दै दोषिलाई कडा कारवाहि हुनुपर्ने र पिडीतले न्याय पाउने पर्ने माग समेत गरेका छन् ।
नेपाल शिक्षक युनियनका कुलमणि आचार्य, नेपाल शिक्षक संघका प्रेम प्रसाद भट्टराई, पेशागत महासंघका टोमप्रसाद काफ्ले, नेपाल राष्ट्रिय शिक्षक संगठनका टिका देवकोटा, नेपाल राहत शिक्षक संगठनका सरोज थापा, अखिल नेपाल शिक्षक संगठनकी सविता कोइराला र शैक्षिक गणतान्त्रिक मन्चका कृष्ण प्रसाद गौतमद्धारा हस्ताक्षरित विज्ञप्तीमा अराजक व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन समेत माग गरिएको छ । कथित मतियार शिक्षक वनाई विद्यालयको पठनपाठनमा संलग्न रहेका गैरशिक्षकहरुको उक्साहटमा स्थानिय सुनिता रानामगर, देविका जर्गामगर, तेज वहादुर राना, रतन विक लगायतका उदण्ड व्यक्तिहरुले कालो मोसो दल्दै मार्ने नियत वनाई कुटपिट गरि घाइते वनाएको अराजक घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको विज्ञप्तीमा जनाइएको छ ।
कमलामाइृ नगरपालिका वडा नं. ४ मा रहेको मनकामना प्राविमा कार्यरत शिक्षक तथा कार्यालय सहयोगिमाथि आज कुटपिट भएको छ । कुटपिटवाट कार्यालय सहयोगी मैया कार्की गम्भीर घाइते हुनुभएको छ । विद्यालय व्यवस्थापन समिति, अभिभावक र प्रधानाध्यापकवीचको आपसि द्धन्दका कारण विद्यायमा गत असोज १८ गतेदेखि पठनपाठन पनि प्रभावित भैरहेको छ ।
समस्या समाधानका लागि हिजो जिल्ला शिक्षा कार्यालयमा वृहत छलफल समेत भएको थियो । समस्या समाधानका लागि आज विद्यालयमा सम्वन्धित निकायका व्यक्तिहरुको उपस्थितीमा छलफल गरिने कार्यक्रम तय भएको थियो ।
विद्यालयमा स्वयंसेवकका रुपमा अन्य व्यक्तिहरुले विद्यालय वाहिर पाल टाँगेर पठनपाठन गराइरहेका छन् । विद्यालय कक्षाकोठाभित्र पढ्न पाउने विद्यार्थीहरुको अधिकार हनन् भएको भन्दै शिक्षा संवद्ध व्यक्तिहरुले आपत्ति जनाइरहेका छन् ।
शिक्षकहरुमाथि भएको कुटपिटप्रति शैक्षिक संघ संगठनको ध्यानाकर्षण
सिन्धुलीको कमलामाई नगरपालिका–४ जरायोटारमा रहेको मनकामना प्राविमा कार्यरत शिक्षक तथा कार्यालय सहयोगीमाथि आज भएको कुटपिटप्रति सिन्धुलीका शैक्षिक संघ संगठनहरुले ध्यान आकर्षण भएको जनाएका छन् । स्थानिय केहि अभिभावक र केहि गैर अभिभावकहरुले विद्यालयका कार्यालय सहयोगी मैया कार्की र शिक्षकहरु विनु खड्का र कमला खड्का माथि निर्घात कुटपिट गर्नुका साथै गालि गलौज समेत गरेका थिए । आज संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै शैक्षिक संघ संगठनहरुले घटनाको निन्दा गर्दै दोषिलाई कडा कारवाहि हुनुपर्ने र पिडीतले न्याय पाउने पर्ने माग समेत गरेका छन् ।
नेपाल शिक्षक युनियनका कुलमणि आचार्य, नेपाल शिक्षक संघका प्रेम प्रसाद भट्टराई, पेशागत महासंघका टोमप्रसाद काफ्ले, नेपाल राष्ट्रिय शिक्षक संगठनका टिका देवकोटा, नेपाल राहत शिक्षक संगठनका सरोज थापा, अखिल नेपाल शिक्षक संगठनकी सविता कोइराला र शैक्षिक गणतान्त्रिक मन्चका कृष्ण प्रसाद गौतमद्धारा हस्ताक्षरित विज्ञप्तीमा अराजक व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन समेत माग गरिएको छ । कथित मतियार शिक्षक वनाई विद्यालयको पठनपाठनमा संलग्न रहेका गैरशिक्षकहरुको उक्साहटमा स्थानिय सुनिता रानामगर, देविका जर्गामगर, तेज वहादुर राना, रतन विक लगायतका उदण्ड व्यक्तिहरुले कालो मोसो दल्दै मार्ने नियत वनाई कुटपिट गरि घाइते वनाएको अराजक घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको विज्ञप्तीमा जनाइएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !