एक साता बित्दा पनि सिन्धुलीमा अवैध हातहतियार कसैले बुझाएन्

पोष्टराज पहाडी,
 सिन्धुली,फागुन २२ ।
सिन्धुलीलाई अवैध हातहतियार मुक्त जिल्ला बनाउन प्रहरीले अभियान सुरु गरेको एक साता वितिसक्दा पनि कसैले हतियार बुझाएका छैनन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लाइसेन्स नभएका हातहतियार, गोलीगठ्ठा बारुदलगायत घातक हतियार प्रहरीलाई बुझाउन सञ्चारमाध्यमबाट आग्रह सहित सूचना प्रसारण गरेको छ । 

प्रहरीले ३५ दिन भित्र सदरमुकाम सिन्धुलीमाढीमा जिल्ला प्रहरी कार्यालय र सदरमुकाम बाहिर नजिकको प्रहरी चौकीमा हतियार बुझाउन प्रहरीले अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक राजन भुजेलले जानकारी दिनुभयो । सञ्चारमाध्यममा प्रसारण गरिएको सूचनामा तोकिएको समयभित्र हतियार आफै बुझाउन आउनेलाई कारबाही नहुने प्रहरीले जनाएको छ । तर खोजतलासको क्रममा अवैध हातहतियार फेला परे कानुन बमोजिम कारबाही गरिने प्रहरी भुजेलले बताउनुभयो ।

Related

प्रमूखखबरहरु 8203699326600744223

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item