प्रेमिकामाथी छुरा प्रहार,आन्द्रा बाहिर


ललितपुर, फागुन २२  । 

ललितपुर जिल्लामा प्रेमिकालाई चक्कु प्रहार गरेर बिराट भुजेलले आफूलाई पनि चक्कु प्रहार गरेका छन् ।
बालकुमारीमा डेरा बस्दै आएका काभ्रेका १८ बर्षीय बिराटले १६ वर्षीया मसिना महर्जनलाई सोमबार चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । गम्भीर घाईते अवस्थामा रहेका बिराटलाई आमाले फेला पारेर उपचारका लागि पाटन अस्पतालमा लगेकी थिईन् ।
आन्तरिक विवाद भए पछि प्रेमी बिराटले प्रेमिका मसिनाको छातीमा धारिलो चक्कु प्रहार गरेका थिए । प्रेमिका मसिनालाई चक्कु प्रहार गरे लगत्तै बिराटले आफ्नो पेटमा चक्कु प्रहार गरेका हुन् । चक्कु लागेर बिराटको आन्द्रा बाहिर निस्केको थियो ।

Related

राष्ट्रिय 3579241951802235440

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item