बन्दका कारण जनजीवन प्रभावित

http://sindhulidarpan.blogspot.com/2013/03/banda.html
काठमाडौं, फागुन २३ । प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउने प्रमुख चार राजनीतिक शक्तिको निर्णय विरुद्ध नेकपा–माओवादीसहित साना वामपन्थी दलहरुले आह्वान गरेको नेपाल बन्दले मुलुक भरिको जनजीवन प्रभावित भएको छ ।
बन्द सफल बनाउन विहानै देखि नेकपा–माओवादी र साना वामपन्थी दलका कार्यकर्ता सडकमा उत्रिएका छन् । सडकमा विहानै देखि सवारी आवगमन ठप्प छ । बन्दका उल्लेख्य प्रभाव परेको प्रहरीले जनाएको छ । उनीहरुले सवारी आवागमसहित उद्योग, कलकारखाना, बजार, शिक्षणसंस्थालगायतलाई अबरोध पुराएका छन् । बन्दकै कारण परीक्षाको तयारीमा रहेका लाखौं विद्यार्थी धेरै प्रभावित भएका छन् । बन्दलाई ध्यानमा राखेर प्रहरी प्रशासनले सडकमा उल्लेख्य सुरक्षाकर्मी परिचालन गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !