डाक्टरले किशोरलाई गर्भवती बनाएपछि


- काजकिस्तानको एक अस्पतालले उपचारका लागि गएका एक १५ वर्षे किशोरलाई गर्भवती बनाएको छ । मृगौला रोगको उपचारका लागि अस्पताल पुगेका किशोरलाई अस्पतालले गर्भवती ठहर गर्दै गर्भवतीलाई दिइने औषधि तथा सरसल्लाह दिएर पठाएपछि त्यो घटनाले ठूलै चर्चा मात्र पाएन विवादको सिर्जना पनि गयो ।

तर, बैजान अल्दासेभ नामका ती किशोर गर्भवती भने भएका थिएनन् । अस्पतालका डाक्टरहरुले उनको चेकजाँचपछि भुलबस गर्भवतीलाई दिइने औषधि दिएर अस्पतालबाट डिस्चार्ज गरे । हामीकहाँ डाक्टहरुले हातको उपचार गर्नुपर्नेमा पेटको शल्यक्रिया गरेझैँ ती युवकको हकमा पनि मृगौलाको उपचार गरेर दबाइ दिनुपर्ने डाक्टरले अर्को विरामी गर्भवती महिलालाई जस्तै ती युवकलाई पनि एउटै गर्भावस्थाको औषधि लेखेर पठाइदिए ।
अझ उनको अस्पतालको पर्चामा समेत रोगको विवरणको ठाउँमा मृगौलाको रोगको साटो गर्भवती भनेर लेखिएको थियो । यद्यपि यसमा ध्यान नदिइकनै ती किशोरले अस्पतालबाट डिस्चार्ज भएर लेखिएको औषधि किनेर घरमा ल्याए र केही दिन खाए पनि ।

तर एकदिन जब उनको अस्पतालको पर्चा हेरे उनी झसँग भए । त्यसपछि ती किशोरका परिवारले अस्पतालको त्यो लापरवाही विरुद्ध अदालतमा उजुरी गरे । अस्पतालको लापरवाहीले उनको मृगौला झनै बिग्रिएको र गर्भवतीले खाने औषधि खाँदा उल्टै खराबी गरेको दाबी उनीहरुको थियो । किशोरका परिवारले ६६ हजार डलर Ôतिपूतिर्को माग समेत गरेका थिए ।

तर, अदालतले भने उनीहरुको त्यो दाबी अस्विकार गर्दै अस्पतालले ५० हजार टिन्ज अर्थात् ३३० डलर क्षतिपूति तिर्नुपर्ने फैसला गरेको छ । अस्पतालले भुलबस कागजी गर्भवती बनाएका ती किशोरका परिवारले भने अदालतको यो फैसलामा चित्त नबुझी पुनरावेदन गर्ने बताएका छन् । अस्पतालले चिकित्सकहरुको अत्यधिक व्यस्तताका कारण त्यो भुल हुन गएको स्विकार गरेको छ ।

Related

विविध 8237911982874242386

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item