बाँदरमुडे घटनाका पीडितलाई एकीकृत माओवादीले ६० लाख दिने



काठमाण्डौ,फागुन २२ । 
तत्कालिन जनयुद्वको समयमा चितवनको बाँदरमुडेमा भएको घटनामा परी ज्यान गुमाएका मृतकका आफन्तलाई एकीकृत माओवादीले पार्टीको कोषबाटै राहत स्वरुप ६० लाख रुपियाँ दिने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिमपाटमा आज बिहान बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । 

गएको बिहीबार चितवनको माडी पुगेर अध्यक्ष प्रचण्डले सरकारका तर्फबाट ६० लाखको राहत दिने घोषणा गरे पनि सरकारले कुनै चासो नदिएपछि प्रचण्डले पार्टीको कोषबाट दिने निर्णय गराउनुभएको हो । पदाधिकारी बैठकपछि नेता अमिक शेरचनले पार्टीबाटै राहत दिने निर्णय भएको जानकारी दिनुभयो ।

 शेरचनले मधाधिवेशनका बेला हरेक प्रतिनिधिबाट ५ हजारका दरले उठाइएको रकममध्ये बचेको रकमबाट ६० लाख रुपैँया पीडितलाई दिइने जानकारी दिनुभयो । २०६२ जेठ २३ गते तत्कालिन माओवादीले थापेको विद्युतीय धरापमा परेर बाँदरमुढेका ३८ जनाको मृत्यु भएको थियो भने ७२ जना घाइते भएका थिए ।

Related

प्रमूखखबरहरु 8223687064322532566

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item