एमाओवादी प्रती शहिद परिवार असन्तुष्ट


मिनकुमार दाहाल,
सिन्धुली,फागुन २२ ।
जनयुद्धको विभिन्न समयमा राज्य द्धारा माएिका माओवादीका कार्यकर्ताका परिवारहरुले एमाओवादीका नेताको कार्यसैली प्रति असन्तुष्टी प्रकट गरेका छन् । एमाओवादी सिन्धुलीले युद्धमा मारिएका व्यक्तीका परिवारलाई फागुन २१ गते प्रत्येक वर्ष शहिद परिवार सम्मान कार्यक्रम भन्दै दोसल्ला ओढाउने गरेको छ ।
युद्धमा सिन्धुली जिल्ला घर भएर विभिन्न स्थानमा माओवादीका केन्द्रीय सदस्य सेरमान कुँवर तथा मोहनचन्द्र देवकोटा सहित १ सय ६५ जना कार्यकर्ताहरुले ज्यान गुमाएका थिए ।
एमाओवादीले आयोजना गरेको सहिद परिवार सम्मान कार्यक्रममा आएकी कमल देवकोटाकी धर्मपत्नी सिता देवकोटाले सहिद परिवारलाई वर्षको एक पटक गम्छा ओढाउँदैमा सम्मान नहुँने वताउनुहुन्छ । सहिद परिवार को अवस्था के छ । उनीहरु कसरी वसि रहेका छन् । शहिदको सपना साकार पार्छौ भन्ने नेताहरुले शिक्षा,स्वास्थ्य तथा रोजगारीमा ख्याल गर्नु पर्ने वताउनुभयो ।

सिन्धुलीको अमले गाविस—३ स्थायी घर भएकी सिताका श्रीमान कमलप्रसाद देवकोटालाई खोटाङ्ग जिल्लामा सुरक्षा फौजले गोली हानी हत्या गरेका थिए । माओवादीले आयोजना गरेको सम्मान कार्यक्रममा सम्मानित हुन आएकी पुरानोझागाझोली गाविसकी गोमा प्याकुरेल वर्षको एक पटक गम्छा ओढाउदै शहिद प्रति सम्ममान गरेको नठहरिने गुनासो गर्नुभयो । गम्छासँग श्रीमान साटेको जसरी पार्टीले प्रत्येक वर्ष गम्छा ओढाउने गरेको प्याकुरेलले गुनासो गर्नुभयो । शहिद परिवारको घर र वालवच्चा के गरि रहेका छन् भन्ने कुरामा ध्यान दिनु पर्ने उहाँले वताउनुभयो । गोमाको श्रीमान कमल प्याकुरेललाई सुरक्षा फौजवाट सिन्धुलीकै वाशेश्वर गाविसमा गोली हानी हत्या गरिएको थियो । सम्मानित हुन आएका अधिकांस शहिद परिवारका सदस्यहरुले स्वास्थ्य,शिक्षा र रोजगारीको  व्यवस्था पार्टीले गर्नु पर्ने वताएका थिए ।


Related

स्थानिय 2135107384666678024

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item