दलहरु आफूले आफैलाई असफल घोषणा गरे: सिपी गजुरेल


  नुवाकोट,फागुन २१ । 
नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले ठूला दलहरुले राजनितिक संकट निकासको नाममा आफूले आफैलाई असफल घोषणा गरेको बताउनुभएको छ ।  एक जना कर्मचारीको घरमा पुगेर ‘ल बाबा हामीले सकेनौं प्रधानमन्त्रि पद खाइदिन प¥यो’ भन्दै दैलो चहार्न नेताहरु पुग्नु जस्तो दुर्भाग्य अरु के हुन नसक्ने उहाँले बताउनुभयो । 

आज विहान नेकपा माओवादी नुवाकोटद्धारा विदुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष गजुरेलले संकट समाधानको लागि भन्दै अहिले प्रधानन्यायधिसलाई प्रधानमन्त्री बनाउने खेल विदेशीको इशारामा तीन ठूला दल, मधेसी मोर्चा र तिनका ठूला नेताले ल्याएको आरोप लगाउनुभयो ।
 संविधान सभा विघटन, जलस्रोत, सिमानामा विदेशी हस्तक्षेप भएको उदाहरण प्रस्तुत गर्दै नेता गजुरेलले अहिले राजनितिमा पनि सिधै हस्तक्षे भएको र त्यो हस्तक्षेपलाई सफल बनाउन ठूला दलहरु कम्मर कसेर लागेको बताउनुभयो । नेता गजुरेलले प्रधानन्यायधिशको नेतृत्वमा हुने निर्वाचन नेकपा माओवादी सहभागी भएर ब्ल्याङ्क चेकमा सही नगर्ने बताउनुभयो । 

Related

राष्ट्रिय 7712533129945429911

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item