महोत्तरीमा काठ तस्करी बढेपछि सशस्त्र प्रहरीद्वारा छापामारी सुरु

http://sindhulidarpan.blogspot.com/2013/03/mahottari.html
महोतरी,फागुन २१ ।
सशस्त्र प्रहरी बेस क्याम्प रामनगर महोत्तरीले जंगलबाट अबैध रुपमा काठ चोरेर ल्याएको बिशेष सुचनाको आधारमा अहिले महोत्तरीको लक्ष्मिनिया ६ बडेर्बा गाउमा छापामारी सुरु गरेका छन । बेस क्याम्पका प्रहरी निरीक्षक बिष्णु अधिकारीको नेतृत्वमा रहेका शशस्त्र प्रहरी बलले अहिले बडेर्बा गाउँमा खोज तलास सुरु गरेका हुन ।
केहि दिनदेखि महोत्तरीमा काठ तस्करी बढेपछि बेस क्याम्पका प्रहरी निरिक्षक अधिकारी आफ्नो सक्रियतामा महोत्तरीका बिभिन्न गाविसमा छापा मारेर गरी लाखौ मुल्य बराबरको अबैध काठ बरामद गरी बन कार्यालयलाई जिम्मा लगाई सकेको छ । यता महोत्तरीमा दैनिक वन जंगल फडानी गरी लाखौको काठ तस्करी भए पनि वन बिभागले अहिलेसम्म कुनै चासो नदेखाएको स्थानीयबासिन्दाहरुले आरोप लगाएका छन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !