जनकपुर बन्द


  जनकपुर,फागुन २१ ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिक धनुषाले आज जनकपुर बन्द गराएका छन् । जिविस धनुषामा प्रहरीहरुले हिजो सुचना माग्न गएका नेताहरुमाथी हातपात गरेको आरोप लगाउदै विरोधमा आज जनकपुर बन्द गराएका हुन् । तर सुचना माग्न आएका फोरम लोकतान्त्रिकका कार्यकर्ताहरुले आफुमाथी नै हातपात गरेको स्थानिय विकास अधिकारी तारानाथ अधिकारीको आरोप छ । 

भ्रष्टाचार आरोपमा निलम्बित कर्मचारीहरुलाई तलब दिईरहेको÷नदिईरहेको सुचना माग्न जाँदा उल्टै जिविस धनुषाका स्थानिय विकास अधिकारी अधिकारीले प्रहरी लगाई हातपात गर्न लगाएकोमा विरोध स्वरुप आज जनकपुर बन्द गराईएको फोरम लोकतान्त्रिकका धनुषा जिल्ला अध्यक्ष उमाशंकर अडगरियाले जनाएका छन् । बन्दले जनकपुरबाट चल्ने लामो तथा सानो दुरीका सवारीसाधन चल्न सकेका छैन भने बजार, कलकारखाना, उद्योग समेत ठप्प रहेको छ । सवारीसाधन चल्न नसक्दा आम नागरिकलाई कठिनाई भएको छ । बजार नखुल्दा आम सर्वसाधारणलाई दैनिक उपभोग्यका समानहरु खरिद विक्री गर्न अप्ठ्यारो भईरहेको छ । बन्दका कारण जनकपुरका सम्पुर्ण निजि तथा सामुदायिक विद्यालय र क्याम्पसहरुको पठनपाठन अवरुद्ध भएको छ ।

Related

विविध 8124999462330726693

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item