प्रतिबन्धित गेसपेपर सिन्धुलीमा निर्वाध विक्री

http://sindhulidarpan.blogspot.com/2013/03/guess-paper.html
पोष्टराज पहाडी,
सिन्धुली,फागुन २१ ।
शिक्षा मन्त्रालयले गेसपेपर प्रतिबन्ध लगाएपनि सिन्धुलीमा यसको निर्वाध रुपमा विक्री वितरण भईरहेको छ । जिल्लाको सदरमुकाम लगायत ग्रामीण क्षेत्रका पुस्तक पसलहरुमा यसको विक्री वितरण निर्वाध रुपमा भएको पाइएको छ । चैत १ गते देखी हुने एस. एल. सि. परिक्षाको लागि यतिखेर बढीमात्रामा कक्षा १० का गेसपेपरहरु विक्री वितरण भएको पाइएको छ ।
शिक्षा मन्त्रालयले गेसपेपर प्रतिबन्ध लगाएपनि सिन्धुलीमा यसको निर्वाध रुपमा विक्री वितरण भईरहेको छ । जिल्लाको सदरमुकाम लगायत ग्रामीण क्षेत्रका पुस्तक पसलहरुमा यसको विक्री वितरण निर्वाध रुपमा भएको पाइएको छ । चैत १ गते देखी हुने एस. एल. सि. परिक्षाको लागि यतिखेर बढीमात्रामा कक्षा १० का गेसपेपरहरु विक्री वितरण भएको पाइएको छ ।

नेपाल सरकारले उच्च माध्यामीक तहसम्मका गेसपेपरहरुमा प्रतिबन्ध लगाएको छ । गेसपेपर किन्न जाँदा पसलेहरुले सहजै गेसपेपर दिने गरेको नाम नबताउने शर्तमा एक विद्यार्थीले बताए । ‘हामीले गेसपेपर किन्न जाँदा सहजै पसलेले दिनुभयो,’ गेस किनेर फर्कदै गरेका ति विद्यार्थीले सिन्धुली दर्पणलाई भने– ‘पसलेले छैन भन्ने आशय व्यक्त गर्नुभएन ।’
यसरी निर्वाध रुपमा प्रतिबन्धित गेसपेपरहरु विक्री वितरण भई रहको पुस्तक तथा स्टेशनरी व्यवसायी संघ सिन्धुलीका अध्यक्ष बासु भेटवालले पनि घुमाउरो पारामा स्विकार गरे । ‘हामीले अहिले गेसपेपरहरु ल्याएर विक्री वितरण गरेका छैनौ,’ उनले भने–‘एका दुई पुस्तक पसलेहरुले पहिल्यै ल्याएका गेसपेपरहरु विक्री वितरण गरेका होलान् ।’
प्रतिबन्धीत गेसपेपर विक्री तिरण भइरहेपनि सिन्धुली जिल्लाको हकमा सम्बन्धित सरोकारवाला निकायहरु पनि मौन रहेको स्थानीयको भनाई छ । यता जिल्ला शिक्षा कार्यालय सिन्धुलीका जिल्ला शिक्षा अधिकारी चन्द्र प्रसाद लुइटेलले प्रतिबन्धित गेसपेपरहरु विक्री वितरण गर्न नहुने तर्क गरे । अहिलेसम्म आफुहरुले देखेको पसलहरुमा गेसपेपर बिक्री बितरण नगर्न अनुरोध गर्ने गरेको भनाई छ । ‘आफुले देखेको पसलहरुमा बिक्री वितरण नगर्नुस भन्ने गरेको छु,’ जिल्ला शिक्षा अधिकारी लुइटेलले भने –‘प्रतिबन्धित बस्तु भएकोले यसलाई सबैले मिलेर रोक्नुपर्छ ।’ नियम विपरीत बिक्री वितरण भएको पाइए कारवाही गरिने जिल्ला शिक्षा अधिकारी लुइटेलको भनाई छ ।
जिल्ला स्तरमा गेसको विक्री वितरण गर्ने गरेपछि नेपाल सरकारले भने प्रकाशन गृहहरुमा छापा मारेर प्रतिबन्ध लगाइसकेको छ ।
विद्यार्थीहरुको पठनक्षमतामा ह्रास ल्याएको भन्दै सरकारले गेसपेपरमा प्रतिबन्ध लगाएको थियो । शिक्षा मन्त्रालयमा मंसिर १९ गते बसेको मन्त्रीस्तरीय बैठकले एसएलसी, कक्षा ११ र १२ का विद्यर्थी असल र राम्रा किताब पढ्नुभन्दा पनि गेसपेपरमै आधारित हुँदै गएको अभिभावक गुनासाका आधारमा सरकारले यी तहमा गेसपेपर प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !