आज अखिल क्रान्तिकारीद्वारा निजी शैक्षिक संस्था बन्द आह्वान

http://sindhulidarpan.blogspot.com/2013/03/movement.html
काठमाण्डौ,फागुन २१ ।
एकीकृत नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले आज देशभरका निजी शैक्षिक संस्था बन्द आह्वान गरेको छ । जबर्जस्ती सङ्गठन खोल्न दबाब दिएको, चन्दा मागेको र विद्यार्थी चढेको बसमा आगजनी गरेको विरोधमा निजी विद्यालयको संगठन (अमिन) ले हिजो देशभरका शैक्षिक संस्था बन्द गरेको थियो ।
अमिनको बन्दको विरोधमा आज अखिल क्रान्तिरकारीले पनि निजी शैक्षिक संस्था बन्द आह्वान गरेको जनाएको छ । बन्दका कारण देशभरका झन्डै २० हजार विद्यार्थीहरूको पठनपाठनमा असर पुगेको छ भने कक्षा १२ को प्रिबोर्ड परीक्षा समेत प्रभावित भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !