काभ्रेमा करिब ४० हजार विद्यार्थी मर्कामा


प्रकाश सुन्दास,
काभ्रे,फागुन २१ ।
एकीकृत नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज आह्वान गरेको निजी शैक्षिक संस्था बन्दका कारण काभ्रेमा करिब ४० हजार बालबालिका मर्कामा परेका छन् । निजी शैक्षिक संस्थाको संगठन एसोसिएसन अफ प्राईभेट इन्टिच्युसन अफ नेपाल (अपिन) ले देशभरका शैक्षिक संस्था बन्द आह्वान गरेको भोलि पल्टै क्रान्तिकारीले बन्द गरेपछि परीक्षण नजिएका विद्यार्थी थप मारमा परेका छन् । 

काभ्रेमा बिहानैदेखि कुनै पनि निजी विद्यालयका बसहरु चलेका छैनन् भने पठनपाठनसमेत अवरुद्ध भएको प्याब्सन काभ्रेका उपाध्यक्ष राममणी सापकोटाले जानकारी दिनुभयो । काभ्रेमा प्याब्सनमा आबद्ध ८३ सहित एक १४ वटा निजी विद्यालयहरु रहेका छन् । गोल्डेन गेट कलेजको बसमा क्रान्तिकारीले आगजानी गरेपछि बन्दको शृङ्खला दोहोरिएको हो । बन्दका कारण देशभरका झण्डै ७५ लाख विद्यार्थीको पढाई प्रभावित भएको छ ।

 

Related

विविध 4668356122810648710

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item