दलित केटीसँग विवाह गरेको भन्दै चितवनमा केटा पक्षलाई परिवारले लुकाएपछि समस्या


चितवन,फागुन २१ ।

चितवनमा दलित केटीसँग विवाह गरेको भन्दै केटालाई परिवारले लुकाएपछि पीडित पक्ष समस्यामा परेका  छन् । फागुन ३ गते जुटपानी ४ सगुनटोलकी जुना परियारसँग भागेर प्रेम विवाह सुर्यपुरका सुवास श्रेष्ठलाई परिवारले लुकाएको पीडितपक्षले बताएको छ । विवाहपछि भागेर काठमाण्डौँ आएका केटा र केटीलाई केटाको परिवारले घरमा भित्र्याउने भन्दै ७ गते फकाएर घर लगेका थिए । ७ गते राती आवश्यक तयारी गरेर भित्र्याउने भन्दै केटीलाई आफन्तकोमा राखेर केटालाई मात्रै परिवारले लिएर गएपछि अहिलेसम्म केटालाई लुकाएर राखेको केटीकी दिदी सामना परियारले जानकारी दिनुभयो ।

 पीडित पक्षले इलाका प्रहरी कार्यालय रत्ननगरमा घटनाको बारेमा जानकारी गराएपछि प्रहरीले कानुनी प्रक्रिया अगाडी बढाएको भएपनि केटाको बुवा श्रीबहादुर श्रेष्ठले पटकपटक छोरालाई प्रहरीमा उपस्थित गराउने भाका माग्दै नबुझाएर टारेको केटी पक्षले आरोप लगाएको छ ।  तीन पटकसम्म प्रयास गर्दा पनि वेवास्था गरेपछि घटनाको बारेमा प्रक्रिया अगाडी बढाउन समस्या परेको छ ।  प्रहरीले श्रीबहादुरलाई छोरा उपस्थित गराउन पटकपटक समय थपिरहनुले घटनामा प्रहरीले वेवास्था गरेको पीडितह पक्षको भनाइ छ । साथै केही अपरिचित व्यक्तिले विभिन्न  नम्बरहरुबाट फोन गर्दै केटीलाई अपशब्द बोलेर धम्क्याउने गरेको  केटीकी दिदी सामना परियारले जानकारी दिनुभयो । घटनाका विषयमा जिल्लामा सञ्चालित दलित भातृ संगठनहरुले पनि पहल गरिरहेका छन् ।

Related

विविध 6571642142554629841

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item