सवारी दुर्घटनामा एकजनाको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/04/accident_29.html
सिरहा, वैशाख १६ ।
गएराती पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको पडरियामा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको भदैया १ बस्ने ४५ वर्षका लोकबहादुर मगरको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय लहानले जनाएको छ । पूर्ववाट पश्चिम जाँदै गरेको स २ प ९८८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको स १ त २०५० नम्बरको ट्याक्टर र सोही दिशाबाट आउँदै गरेको ना ४ ख ७३२३ नम्बरको मालवाहक ठोक्किँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय लहानले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !