दुई संचारकर्मीलाई हटाएकोमा सञ्जालको आपत्ती



सुरेश बिडारी, 
सर्लाही,वैशाख १४।

सामुदायिक रेडियो सिस्ने रुकुममा कार्यरत २ जना संचारकमीलाई व्यवस्थापन पक्षले विना जानकारी हटाएकोमा सामुदायिक रेडियो पत्रकार सञ्जालले विरोध जनाएको छ । रेडियोकी कार्यक्रम प्रमुख मेनका परियार र समाचार वाचिका निर्मला शर्मालाई मनोमानी रुपमा रेडियोबाट निश्कासन गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको सञ्जालले जनाएको छ । 

अध्यक्ष सुमन सुस्केराले जारी गरेको विज्ञप्तीमा श्रमजीवी ऐनको कुरा उठाउंँदा रेडियोका स्टेशन म्यानेजर नारायण कुमार शाहले विना जानकारी रेडियोबाट कर्मचारीलाई हटाएको प्रति रेडियोमा आवद्ध पत्रकारहरुको सिंगो संस्था सामुदायिक रेडियो पत्रकार सञ्जाल घटनाको घोर भत्र्सना गर्दछ, भनिएको छ । विज्ञप्तीमा श्रमजीवी ऐनको कुरा जानकारी गराउँदा व्यवस्थापन स्टेशन म्यानेजर शाहले एकलौटी निरङकुशबादी प्रवृतिबाट कर्मचारीलाई हटाउनु दुखद रहेको सञ्जालको ठम्याई रहेको उल्लेख गरिएको छ । 

लामो समयसम्म विदा नलिएर काम गरि रहेका रेडियोकर्मीलाई विना जानकारी हटाउनुले महिला संचारकर्मीहरुप्रति गरिएको दुव्र्यवहार हो भन्ने सञ्जालले ठहर गरेको छ । दुवै कर्मचारी साथीलाई ससम्मान काममा फर्कने वातावरण बनाउन, दुवै कर्मचारीले पाउनुपर्ने सम्पुर्ण सेवा सुविधा तत्काल उपलब्ध गराउन तथा रेडियो सिस्नेमा कार्यरत सम्पुर्ण सञ्चारकर्मीलाई नियुक्ती पत्र दिन समेत सञ्जालले माग गरेको छ । माग पुरा नभए सञ्जालले आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । श्रमजीवि ऐन अनुसारको पारिश्रमिकको माग गर्दा दुवैलाई स्टेशन व्यवस्थापनले हटाएका थिए ।

Related

विविध 2895882657313644359

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item