बङ्गलादेशमा भत्एिको भवनबाट ५० जनाको उद्धार


काठमाण्डौ, वैशाख १४ ।
बङ्गलादेशमा भत्किएको भवनबाट ५० जनाको उद्धार गरिएको छ । तेस्रो तलाको अलग अलग कोठामा उनीहरूलाई जिउँदै भेटिएको हो । भत्किएको भवनमा खोजतासको क्रममा २३ जनालाई एउटै कोठामा भेटिएको उद्धारकर्मीहरूले जनाएका छन् । हराइरहेकाहरूको खोजी जारी छ । दुर्घटनामा सयौं मानिस अझै हराइरहेको बताइएको छ ।

 झन्डै तीन हजार कामदार कारखानामा काम गर्ने भनिए पनि घटना भएका बेला कति मानिस थिए भन्ने यकिन नहुँदा हराइरहेकाहरूका सङ्ख्या पनि यकिन हुन सकेको छैन । गएको बुधबार कपडा कारखाना रहेको आठ तले भवन भत्किँदा अहिलेसम्ममा ३ सय १४ जनाको मृत्यु भइसकेको छ । कमजोर भवन निर्माणमा संलग्नहरूलाई कडा कारवाहीको माग गर्दै हजारौं व्यक्तिहरू सडक प्रदर्शनमा उत्रिएका छन् । सरकारले दोषी पत्ता लगाएर कारवाही गर्ने प्रद्धिवद्धता जनाएको छ ।  

Related

प्रमूखखबरहरु 676219874480310406

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item