योजना सम्झौता गर्न गाविस र सचिव उपभोक्तासँग जिविस काभ्रेको आग्रह

http://sindhulidarpan.blogspot.com/2013/04/vdc.html
प्रकाश सुन्दास, काभ्रे,वैशाख १४ ।
योजना सम्झौता गर्न गाविस र सचिव उपभोक्तासँग जिविस काभ्रेले आग्रह गरेको छ । जिल्ला विकास समितिको कार्यालय काभ्रेले एकीकृत जिल्ला विकास योजना पुस्तिकामा सार्वजनिक आर्थिक वर्ष २०६९÷७० मा संचालन गर्ने आयोजना सम्झौताका लागि गाविस सचिव र उपभोक्ताहरुलाई आग्रह गरेको हो । जिविसले स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ को नियम १५५ र स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि, २०६९ को दफा २५ को प्रावधान अनुसार २०७० जेठ ५ भित्र आयोजना तथा कार्यक्रम सम्झौता गर्न उपभोक्ता समिति र गाविस सचिवहरुलाई आग्रह गरेको हो ।
जिविसले दुई लाखसम्मका सडक आयोजनाहरु उपभोक्ता समितिबाट एक्साभेटर प्रयोग नगरी संचालन गर्नु पर्ने नयाँ प्रावधान राखेको छ । २ लाखभन्दा बढी रकमका सडक आयोजनाहरुमा एक्साभेटरलगायतका भारी उपकरणहरु प्रयोग गर्नु परे लागत अनुमान तयार गर्दा नै कुल कामलाई उपभोक्ता समितिले गर्ने श्रममूलक काम र एक्साभेटर प्रयोग गरी गर्ने कामहरु स्पष्ट छुट्याउन जिविसले निर्देशन दिएको छ । जिविसले तोकिएको मितिभित्र सम्झौताका लागि सम्पर्क राख्न नआएमा योजना सम्झौता नहुने र बजेट अन्य आयोजनामा स्थानान्तरण हुने जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !