सुन व्यापारीहरुको मनपरी भाउ


रौतहट,वैशाख १४ ।
रौतहटको गौरमा पनि सुन अभाव देखाएर बढी भाउमा सुन बिक्री भइरहेको पाइएको छ । रौतहटको गौरमा रहेका सुनचाँदी पसलहरुले भाउमा एकरुपता नगर्दा नागरिकलाई समस्या परेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकामका सुनचाँदी पसलमा गरेको अनुगमनका क्रममा सन्नी जवेलर्स,  चण्डिका ज्वेलर्स, दुर्गा ज्वेलर्स, महाबिर ज्वेलर्सलगायत सुनचाँदी पसलमा अनुगमन गरेपछि एकरुपता नभएको पाइएको हो । 

अनुगमनको क्रममा ढक तराजु ठीक देखिए पनि भाउमा एकरुपता नदेदिएको प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिनुभयो । पसलमा १० ग्राम छापावाल सुनको ४५ हजार र प्रतितोला सुनको ५६ हजार पाँचसय ७० बताइएको जिल्ला प्रशासन कार्यालय रौतहटको प्रशासकिय अधिकृत वसन्त न्यौपानेले जानकारी दिनुभएको छ । जिल्ला सदरमुकामगौर, गरुडा, चन्द्रनिगाहपुर, कटहरयिालगायतको बजारमा हाल व्यवसायीहरुले सुनचाँदीको कृत्रिम अभाव देखाइरहेका छन् । प्रति १० ग्राम छापावाल सुनको ४५ हजार बताउने तर १० ग्राम छापावाल सुन ४८ हजार रुपैयाँमा कारोबार गररहेको पाइएको छ । 

Related

विविध 7377378424537569901

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item