एकीकृत माओवादी अध्यक्ष प्रचण्ड भारत भ्रमणमा जाँदै


काठमाण्डौ,वैशाख १४ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ । अध्यक्ष प्रचण्डसहितको टोली आज दिउँसो ४ बजे भारत प्रस्थान गर्ने प्रचण्डका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो । चार सदस्यीय भ्रमण टोलीमा प्रचण्ड पत्नी सीता, एकीकृत माओवादीका नेता कृष्णबहादुर महरा र सहयोगी शिव खकुरेल छन् । 

नेपाल, भारत र चीनबीचको त्रिदेशीय साझेदारीको बारेमा आफुले भारतका उच्च अधिकारीहरुसँग छलफल गर्ने यसअघि नै प्रचण्डले बताइसक्नु भएको छ । तीन दिने भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहलगायतका भारतीय उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भोलि नयाँ दिल्लीमा आयोजना हुने कार्यक्रममा प्रचण्डले विशेष भाषण दिनुहुने छ । संविधानसभा चुनावको तयारी भइरहेको बेला एकसाता अघि मात्रै चीन भ्रमण सकेर नेपाल फर्किनुभएका प्रचण्डको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Related

राष्ट्रिय 6099715185889093632

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item