काङग्रेसका सवै केन्द्रिय सदस्यहरु पचहत्तरवटै जिल्लामा परिचालन हुदै
http://sindhulidarpan.blogspot.com/2013/04/congress_26.html
काठमाण्डौ,वैशाख १३ ।
नेपाली काङग्रेसले आजदेखि सवै केन्द्रिय सदस्यहरुलाई चुनावका लागि परिचालन गर्दैछ । निर्वाचनलाई मुख्य उदेश्य बनाएर सम्पुर्ण संगठन परिचालन गर्ने महासमिति बैठकको निर्णय अनुसार काङग्रेसले सवै केन्द्रिय सदस्यलाई आजदेखि जिल्लामा पठाउन लागेको हो ।
पार्टीको तर्फबाट चुनावी एजेण्डा सहित लिखित जिम्मेवारी दिएर पदाधिकारी बाहेकका सवै सदस्यलाई पचहत्तरवटै जिल्लामा एक महिनाको लागि पठाउन लागिएको काङग्रेसका प्रवक्ता दिलेन्द्र बडुले सीआईएनलाई जानकारी दिनुभयो ।
जिल्लामा जाने केन्द्रिय सदस्यले नागरिकसंग दोहोरो संवाद गर्नुका साथै गाउँ स्तरका कार्यकर्तालाई प्रशिक्षण समेत दिनेछन् । यसका साथै बुथ समिति, वडा समिति, जिल्ला समिति लगायत संगठनको सवै स्वरुपलाई औपचारिक रुपमै चुनाव केन्द्रित बनाउन लागिएको उहाले बताउनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !