मनमोहन अधिकारीको १४ औं स्मृति दिवस मनाइँदै


काठमाण्डौ, वैशाख १३ ।
नेपालमा पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको १४ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ । नेकपा एमालेले आज बिहान साढे आठ बजे सानेपामा रहेको मनमोहन स्मृति प्रतिष्ठानमा चियापान कार्यक्रमको आयोजना गर्देछ । यस अवसरमा एमाले अध्यक्ष झलनाथ खनाललगायतका नेताहरुले सानेपामा रहेको अधिकारीको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । २०५६ साल वैशाख १३ गते आजकै दिन मनमोहन अधिकारीको निधन भएको थियो । वृद्धवृद्धालाई भत्ता दिनेलगायत उहाँको ९ महिने कार्यकालमा गरिएका कामको अहिले पनि प्रशंसा हुने गरेको छ ।

Related

राष्ट्रिय 849125168540762994

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item