ट्रयाक्टरले किच्दा एक बालक सहित दुईको मृत्यु


सुनिता बराल, महोत्तरी, वैशाख १६ ।
महोत्तरीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा एक बालक सहित दुई जनाको ज्यान गएको छ ।  दुर्घटनामा अरु दुई जना घाइते भएका छन् । पिप्रा १ मा गए राती गुडिरहेको ट्रयाक्टरबाट खस्दा पिप्रा ९ का ३५ बर्षका श्यामजस कापरको ज्यान गएको हो ।
 ट्रयाक्टरले किच्दा गंभिर घाइते भएका कापरको उपचारको क्रममा जनकपुरको जानकी हेल्थ केयर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ  । घटनापछि ट्रयाक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव निरिक्षक बियज भण्डारीले जानकारी दिनु भयो ।
त्यस्तै आइतबार साँझ महोत्तरीको हलखोरी ५ मा ट्रयाक्टर पल्टिंदा एक बालकको ज्यान गएको छ । घटनामा सोही ठाउँका शंकर यादबका ९ बर्षका छोरा राम यादवको ज्यान गएको हो ।
नजिकैको खेतमा माटो लोड गर्न रोकिएको ज १ त ३५७९ नम्वरको ट्रयाक्टर अचानक ओरालोतिर गुडेर पल्टिंदा बालकलाई किचेको प्रहरीले जनाएको छ । घटनामा शंकर यादवका १८ बर्षका छोरा सुनिल यादव र भतिजा १२ बर्षका नविन यादब गंभिर घाइते भएका छन् । घाइते सुनिललाई उपचारका लागि धरान र नविनलाई भारत लगिएको प्रहरीले जनाएको छ ।

Related

विविध 5629267349981414870

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item