काभ्रेको कुशादेवी र रयाले गाविसमा होम स्ट्रे सञ्चालनमा आउने


प्रकाश सुन्दास, 
काभ्रे, वैशाख १६ ।
काभ्रेको दक्षिणी भेगमा पर्ने कुशादेवी र रयाले गाविसमा होम स्ट्रे सञ्चालनमा आउने भएको छ । गाविसको कार्यालय, कुशादेवी सरोकार समिति र गुप्तेश्वर बहुउद्देश्य कृषि फार्मले होम स्टे« सञ्चालनको आवश्यक तयारी स्वरुप स्थानीय बासिन्दाहरुलाई तालिम दिनुका साथै अवलोकन भ्रमण समेत गराएको छ । बैशाख महिना भित्र १० वटा घरधुरीमा होम स्टे« सञ्चालन ल्याउने अन्तिम तयारी भइसकेको गुप्तेश्वर बहुउद्देश्य कृषि फार्मका अध्यक्ष गजेन्द्र प्रसाद हुमागाईले जनाकारी दिनुभयो । फुल्चोकी भएर कुशादेवी, रयालेसम्म ललितपुर तथा उपत्यकाबाट पर्यटीकहरु पैदलबाटो मार्फत आउन थालेपछि होम स्टे«को विकास गर्न थालिएको हो ।  

Related

विविध 4719539187842545399

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item