सिन्धुलीको अति विकट गाविसमा नेत्रकालीमा एकिकृत घुम्ति शिविर चल्दै

http://sindhulidarpan.blogspot.com/2013/04/camp.html
नबिनबाबु अधिकारी,
सिन्धुली,वैशाख १६ ।
सिन्धुलीको विकट गाविस मानिने गाविसहरुमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीको नेतृत्वमा दोस्रो चरणको एकिकृत घुम्ती शिविर चलिरहेको छ । शिविर नेत्रकाली गाविसको बेबवोटमा भोलिसम्म चल्ने जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । शिविरमा सिन्धुलीका विकट गाविसहरु शान्तेश्वरी, तामाजोर, वस्तीपुर, अमलेका जनतालाई एकिकृत घुम्ती टोलीले सेवा प्रदान गरिरहेको छ । एकिकृत घुम्ती शिवीरमा नागरिक्ता, फोटो सहितको मतदाता परिचय पत्र वितरण, स्वास्थ्य सेवा, कृषि, पशु, अपाङ्ग परिचयपत्र, सामाजीक सुरक्षा भत्ता तथा अन्य सचेतना सम्वन्धी सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिनुभयो ।

पहिलो चरण अन्तरगत बैशाख १० गते देखी १३ गतेसम्म खोलागाँउको चनौटेमा भएको घुम्ती शिवीरमा तोश्रामखोला महादेवडाडा, रत्नावती, खोलागाँउ, वाहुनतिल्पुङ्ग, पोखरी, खाङ्गसाङ्ग, स्वल्पाठाना गाविसका ६ सय १ जनाले सेवा लिएको प्रजिअ आचार्यले जानकारी दिनुभयो । त्यस्तै तेस्रो तथा चौथो चरणगरी जिल्लाका अन्य विकट गाविसहरुमा २८ गतेसम्म घुम्ति शिविर संञ्चालन गरिने जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !