निर्वाचन आयोगद्धारा आजबाट दल दर्ता खुला

http://sindhulidarpan.blogspot.com/2013/04/new-party_30.html
काठमाण्डौ,वैशाख १७ ।
निर्वाचन आयोगले संविधानसभा निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता प्रक्रिया सुरु गर्ने भएको छ । दल दर्ता आह्वानको सुचना राजपत्रमा प्रकाशित भइसकेकाले आजबाट प्रक्रिया सुरु हुने आयोगले जनाएको छ । आजदेखि जेठ १७ गतेसम्म दल दर्ताको ढोका खुला रहने आयोगले जनाएको छ । यसअघि दर्ता भइसकेका कांग्रेस, एमाले, एकीकृत माओवादी, राप्रपालगायतका ३३ दलले निर्वाचनमा भाग लिने भनेर निवेदन दिनुपर्ने र नयाँ दल दर्ताका लागि आयोगको ढाँचामा निवेदन दिई १० हजारको हस्ताक्षर पनि बुझाउनु पर्नेछ । यसपटक एउटै व्यक्तिका नाउँमा विभिन्न राजनीतिक दलले हस्ताक्षर संकलन नगरुन् भनेर एउटा व्यक्तिले एक दलमा मात्रै हस्ताक्षर गर्न पाउने गरि प्रमाणीकरण गर्ने व्यवस्था मिलाइएको आयोगको दावी छ ।
आयुक्त दोखलबहादुर गुरुङले दल दर्तामा आउने हस्ताक्षरलाई प्रमाणीकरण गर्ने सीआइएनसँग बताउनुभयो । २०६४ सालको संविधानसभाको निर्वाचनमा ५४ दलले भाग लिए पनि २५ दलले संविधानसभामा प्रतिनिधित्व गर्न सफल भएका थिए । संविधानसभामा प्रतिनिधित्व गर्ने २५ दल पछि फुटेर ३३ भएका थिए । आयोगमा यस अघि नै १ सय १९ दल दर्ता भैसकेका छन् भने अब यो संख्या १ सय ५० नाग्ने अनुमान गरिएको छ । यसैबीच नेकपा एमालेले आजै दल दर्ता गर्ने बताएको छ । शान्तिबाटीकाबाट जुलुस सहित निर्वाचन आयोगमा पुगेर दल दर्ता गर्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । एकीकृत नेकपा माओवादी र नेपाली काङ्ग्रेसले पनि आजै दल दर्ता गर्ने तयारी भइरहेको बताएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !