आजदेखि सर्लाहीमा एकीकृत घुम्ती शिविर संचालन हुँदै

http://sindhulidarpan.blogspot.com/2013/04/kavre.html
सुरेश बिडारी,
सर्लाही, वैशाख १७ ।
आम नागरिकलाई सरकारले प्रदान गर्ने सेवा सुविधा सहज पार्ने उद्देश्यले आजदेखि जिल्लाको ५ स्थानमा एकीकृत घुम्ती सेवा सुरु गरिने भएको छ । शिविरमा नागरिकता वितरण, फोटो सहितको मतदाता नामावली संकलन, पशु स्वास्थ्य सेवा, अपाङ्गता परिचयपत्र वितरण, कृषि सेवा प्रवाह तथा स्वास्थ्य सेवा एकैसाथ प्रदान गरिने प्रमुख जिल्ला अधिकारी रामाधिन यादवले जानकारी दिनुभयो । आफूलाई पायक पर्ने स्थानमा गएर सेवा लिन पनि उहाँले आग्रह गर्नुभयो । सर्लाहीको इश्वपुर, फरहदवा, सुन्दरपुर चोहर्वाको बस बरिया, सुन्दरपुर तथा छतौना गाविसका शिविर संचालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !