काभ्रेमा ८४ स्वास्थ्यकर्मीको दरबन्दी रिक्त, उपचारमा समस्या

http://sindhulidarpan.blogspot.com/2013/04/health.html
प्रकाश सुन्दास,
काभ्रे, वैशाख १७ ।
काभ्रेमा विगत एक वर्षदेखि रिक्त रहेको स्वास्थ्यकर्मीको पदपूर्ति नहुदाँ उपचारमा निकै समस्या देखिएको छ । जिल्लामा अहिले ८४ स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमूख अर्जुन सापकोटाले जानकारी दिनुभयो । जिल्लामा ९ जना हेल्थ असिस्टेन, २५ जना अनमी र ५० जना अहेबको दरबन्दी खाली रहेको छ । जिल्लाको सल्लेभूम्लु र चापाखोरी गाविसमा रहेको उपस्वास्थ्य चौकीमा अहेव नहुदाँ उपचारमा निकै समस्या भएको स्थानीय बासिन्दाहरुले बताएका छन् ।
अनमिको दरबन्दी समयमै पूर्ति नहुदाँ सुरक्षित मातृत्व सेवा, खोप सेवा जस्ता स्थानीय नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने सेवा सञ्चालनमा कठिनाइ भइरहेको प्रमूख सापकोटाले बताउनुभयो । काभ्रेमा प्राथमिक स्वास्थ्य केन्द्र उपस्वास्थ्य चौकी र स्वास्थ्य चौकी गरी ९३ वटा स्वास्थ्य केन्द्रहरुमा ४ सय ४२ जनाको दरबन्दी रहेको छ । डाँडापारी र कोशीपारी जस्ता अति विकट ठाउँहरुमा स्वास्थ्य कर्मीहरु काम गर्न जान नमान्दा सर्वसाधारणहरुले उपचारका लागि निकै सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !