विश्व क्रिकेट लिग डिभिजन ३ को दोस्रो खेलमा पनि नेपाल पराजित


काठमाण्डौ, वैशाख १७ ।
बर्मुडामा जारी विश्व क्रिकेट लिग डिभिजन ३ को दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । गएराती भएको खेलमा नेपाल युगाण्डासँग ६ विकेटले पराजित भएको हो । विश्वकप क्रिकेटको छनौट खेल पक्का गर्न युगाण्डालाई हराउनैपर्ने दवावमा रहेको नेपाली टोली युगाण्डा सामु निरिह भएको हो । युगान्डालाई दिएको १ सय १७ रनको झिनो लक्ष्यलाई युगाण्डाले २७ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको हो । 

रोगर मुकासाको अभिजित ४९ रनको सहयोगमा युगाण्डाले सहज जित आत्मसात गरेको हो । यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ४४.२ ओभरमै १ सय १६ रनमा समेटिएको थियो । पहिलो खेलमा पनि नेपाल अमेरिकासँग पराजीत भएको थियो ।

Related

प्रमूखखबरहरु 7821211476324296992

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item