सिन्धुलीमा विद्यार्थी भर्ना सभा

मिनकुरमार दाहाल,
सिन्धुली,वैशाख १७ ।
जिल्ला शिक्षा कार्यालय सिन्धुलीले विद्यालय वाहिर रहेका विद्यार्थीलाई विद्यालयमा सहभागी गराउन यस वर्ष नयाँ तरिका अपनाएको छ । जिल्लाको तिन स्थानमा  विद्यार्थी भर्ना अभियान शैक्षिक सभा शिक्षा कार्यालयले गरेको । विद्यार्थी भर्ना अभियान शिक्षासँग सम्वन्धीत व्यक्तीहरु,अभिभावक तथा विद्यार्थीहरुलाई सहभागी गराईएको छ । विद्यालय नजाने वालवालीकालाई विद्यालय प्रति आकर्षण गराउने उदेश्यले आयोजना गरिएको विद्यार्थी भर्ना अभियान शैक्षिक सभा नेपालकै पहिलो र नयाँ तरिका भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुइटेलले कार्यक्रम स्थलमै माला,अविरको टीका लगाएर पाँच जना दनुवार समुदायका वालवालीकालाई एक कक्षा मा भर्ना गराएका थिए । समिर कुँवर,सदन कुँवर,सनम कुवर र सलीना चौधरी,रोमन अधिकारी भर्ना सभामा दुधौली उच्चमाविको एक कक्षामा भर्ना भएका थिए । जिल्लाको खाल्टे,ग्वाटार तथा दुधौली उच्च माविमा नमुनाको रुपमा जिल्ला शिक्षा कार्यालयले विद्यार्थी भर्ना सभा गरेको छ ।  सिन्धुलीमा विद्यालय भर्ना भएर १४ प्रतिशत विद्यार्थीले विद्यालय छाड्ने गरेका छन भने ३ प्रतिशत वालवालीका विद्यालय वाहिर रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कले देखाउ छ ।

दलित,आदिवासी तथा जनजाती दनुवार,मुसहर वसोवास गर्ने  तथा दुर्गम क्षेत्रका वालवालीकालाई विद्यालय जान उत्प्रेरणा गराउने उदेश्यले भर्ना सभा लक्षित रहेको छ ।
जिल्लाको दुधौली उच्चमाविमा आयोजना गरिएको क्षेत्रीय भर्ना सभामा हजारौंको संख्यामा अभिभावक तथा विद्यार्थीहरुको सहभागी थियो । भर्ना सभाले दनुवार समुदायका अभिभावकहरु उत्साहीत भएको दुधौली उच्च माविका प्रअ मोहनवहादुर शाहीले वताउनुभयो । वालवालीका र तीनका अभिभावकको उत्साह हेर्दा भर्ना अभियानले गत वर्ष भन्दा वढी वालवालीकाहरु विद्यालय भर्ना हुने आसा हामीले गरेका छौं शाहीले भन्नुभयो ।
र्सिर्थौली उच्चमाविका प्रधानाध्यापक लक्ष्मी धामीले दनुवार समुदायका वालवालीका विद्यालय भर्ना भएको कुल संख्याको तिस प्रतिशत मात्रै अन्तिम परिक्षामा सामेल हुने गरेको वताउनुभयो । उनीहरु विभिन्न वहानामा विद्यालय छाडेका प्रअ धामीले वताउनुभयो । दनुवार समुदायका वालवालीका पुर्ण रुपले विद्यालयमा वस्ने उपाय पत्ता लाउन जरुरी भएको धामीको भनाई छ । राज्यले दिएको छात्र वृति लिए पछि दनुवार समुदायका वालवालीकाहरुले क्रमश विद्यालय छाड्ने गरेको तथ्याङ्क त्यस क्षेत्रका विद्यालयहरुसँग रहेको छ । विद्यालय छाडेर हिडेका दनुवार समुदायका वालवालीका लेवर काम गर्न काठमाडौंमा जाने गरेको स्थानिय वासिन्दा वेदराज दाहालले वताउनुभयो ।



Related

स्थानिय 7561031258067565744

1 commentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item