डिभिजन–३ को पहिलो खेलमा नेपाल अमेरिकासँग पराजित,आज युगाण्डासँग प्रतिष्पर्धा

http://sindhulidarpan.blogspot.com/2013/04/sports_29.html
काठमाण्डौ, वैशाख १६ ।
आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–३ अन्तर्गत गएराति भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ ।बर्मुडाको समरसेट मैदानमा भएको खेलमा अमेरिकाले नेपाललार्इृ ९४ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६६ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङ थालेको नेपालले ४९ दशमलम ५ ओभरमा सबै विकेट गुमाउँदा २ सय ७२ रन जोड्न सक्यो । नेपालका लागि कप्तान पारस खड्काले ७३ र शरद भेषवाकारले ७२ रन जोडेका थिए । प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल आज युगाण्डासित खेल्दैछ । अघिल्लो चरण प्रवेशका लागि पहिलो खेलमा बर्मुडालाई हराएको नेपालले आज युगाण्डालाई जित्नै पर्ने हुन्छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !