१० महिना बित्न लाग्दा जिविस काभ्रेको २५ प्रतिशत मात्रै योजना सम्झौता


प्रकाश सुन्दास,
काभ्रे, वैशाख २३ ।
जिल्ला विकास समिति काभ्रेले आर्थिक वर्ष २०६९/७० का लागि विनियोजन गरेको कार्यक्रम तथा आयोजना मध्ये जम्मा २५ प्रतिशत मात्रै सम्झौता भएको छ । आर्थिक वर्षको १० महिना बित्न लाग्दा पनि विनियोजित कार्यक्रम तथा आयोजना सम्झौता गर्न उपभोक्ताहरु आएका छैनन् । 

जिविसले चालु आर्थिक वर्षका लागि जिल्लाको आवश्यकता र प्राथमिकताका आधारमा ५ सय ४० वटा आयोजना सार्वजनिक गरेको छ । योजना अनुगमन तथा प्रशासकीय अधिकृत टेक कुमार रेग्मीका अनुसार २ लाख भन्दा कम रकम विनियोजन भएका ३० प्रतिशत सडक आयोजनाहरु सम्झौता भएका छन् । जिविसले यहि जेठ ५ गते भित्र कार्यक्रम तथा आयोजना सम्झौता गर्न उपभोक्ता समिति र गाविस सचिवहरु नआए विनियोजित रकम अन्य आयोजनामा स्थानान्तरण गर्ने तयारी समेत अघि बढाएको छ ।

२ लाखभन्दा बढी रकमका सडक आयोजनाहरुमा एक्साभेटरलगायतका भारी उपकरणहरु प्रयोग गर्नु पर्ने भएकाले लागत अनुमान सहित एक्साभेटर ब्यवसायीहरुसँग छलफल भइरहेको प्रशासकीय अधिकृत रेग्मीले बताउनुभयो ।  जिविसले स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ को नियम १५५ र स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि, २०६९ को दफा २५ को प्रावधान अनुसार उपभोक्ता समिति गठन गरी आयोजना तथा कार्यक्रम सम्झौता गर्न आह्वान गरेको छ ।

Related

प्रमूखखबरहरु 6845860007228628564

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item