श्रीमती हत्याका दोषीलाइ कडा कारवाही गर्न अधिकारकर्मिको माग

http://sindhulidarpan.blogspot.com/2013/05/news_1276.html
नवलपरासी, वैशाख २३ ।
आफ्नै श्रीमतीको हत्या गर्ने पुरुषलाई कडा कारवाही गर्न नवलपरासीका अधिकारकर्मिहरुले माग गरेका छन् । शनिवार राति आफ्नै श्रीमतिको हत्या गर्ने विश्वास पौडेललाइ कडा कारवाही गर्न स्थानिय सर्वसाधारण तथा अधिकारकर्मिले माग गरेका हुन् । देशका विभिन्न स्थानमा महिला हिंसा का घटनामा वृद्धि भइ रहेको अवस्थामा यस्ता घटना न्युनिकरणका लागि दोषी लाइ कडा कारवाही गरीनु पर्ने स्थानियको भनाइ छ । नवलपरासीको शिवमन्दिर २ कावासोती का ३७ वर्षिय विश्वास पौडेलले शनिवार राति १ बजे आफनी श्रीमती पार्वती पौडेललाइ निदाई रहेको अवस्थामा एक्कासी सिलौटाले टाउकोमा हानेर हत्या गरेका थिए ।
।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !