महोत्तरीमा बालिकाको हत्या

http://sindhulidarpan.blogspot.com/2013/05/murder_6.html
जलेश्वर, वैशाख २३ ।
महोत्तरीको बनौली दनौली गाविसमा आज बिहान एक बालिकाको हत्या गरी फालिएको अवस्थामा शव बरामद भएको छ । बनौली दनौली गाविस वडा नम्बर ५ बस्ने रामकृष्ण मण्डलकी छोरी ५ महिनाकी संजना कुमारी मण्डलको शव आज बिहान नजिकैको खानेपानी पाईपको पानी जम्मा हुने खाल्डोमा फालिएको अवस्थामा फेला परेको कुरा जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पति भारतको मुंबईमा रोजगारी गरिरहेको हुनाले सीतादेवी आफ्ना दुई बालिकाको साथमा घरमा एक्लै सुतिरहेको बेला कान्छी छोरी संजना कुमारी मण्डललाई अज्ञात व्यक्तिहरुले उठाई लगेर हत्या गरी फालेको उहाँले बताउनुभएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !