भारतमा कारको ठक्करबाट एक नेपालीको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/05/death_6.html
दाङ, वैशाख २३ ।
कारको ठक्करबाट भारतमा एक नेपालीको मृत्यु भएको छ । दाङको तुलसीपुर नगरपालिका ६ मोतीपुर निवासी ३८ बर्षिय पुर्थराज भण्डारीको कारको ठक्करबाट गएराती भारतको गंगानगर राजिस्थानमा मृत्यु भएको मृतकका साला घनश्याम भुसालले जानकारी दिनुभयो । कोठाबाट डिउटी जाने क्रममा भण्डारीलाई गएराती कारले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । मृतकको शवलाई नेपाल ल्याउन नसकिने भएकाले भारतमै अन्त्यष्टी गरिने पारिवारिक श्रोतले बताएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !