काठमाण्डुको ठमेलमा आगलागी, करोडौंको क्षति

http://sindhulidarpan.blogspot.com/2013/05/fire.html
काठमाण्डौ,जेठ ३ ।
काठमाण्डुको ठमेलस्थित एक क्लबबाट शुरु भएको आगलागीबाट करोडौं रुपैयाँको क्षति भएको छ । ठमेलस्थित काठमाण्डु गेष्ट हाउस नजिक गएराती ११ बजेदेखि नै आगलागी शुरु भएको हो । फेसेज क्लबबाट शुरु भएको आगो अन्यत्रसमेत फैलिंदा केही घर र पसलहरु जल्दा करिब २० करोड रुपैयाँ बराबरको क्षति भएको महानगरीय प्रहरी कार्यालयको अनुमान छ ।
आगलागी नियन्त्रणका लागि काठमाण्डु, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका दमकलका साथै सयौं सुरक्षाकर्मी प्रयोग गरिएको थियो । घटनास्थल पुग्न साँघुरो गल्ली भएकाले दमकलहरुलाई जान समस्या हुँदा आगलागी नियन्त्रण गर्न ढिला भएको जनाइएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !