आज बीसौं मदन–आश्रित स्मृति दिवस,अझै हत्यारा पत्ता लागेन
http://sindhulidarpan.blogspot.com/2013/05/madan.html
काठमाण्डौ,जेठ ३ ।
आज जेठ ३ गते, आज बीसौं मदन आश्रित स्मृति दिवस । नेकपा एमाले र पार्टी भ्रातृ संघसंगठनले विभिन्न कार्यक्रम गरेर उहाँहरुलाई सँझिदैछन् । स्मृति दिवसका अवसरमा अहिले केहीबेरमा पार्टी कार्यालय बल्खुमा श्रद्धाञ्जली कार्यक्रम गरिंदैछ । श्रद्धाञ्जलीका लागि अध्यक्ष झलनाथ खनालका साथै उपाध्यक्ष तथा पार्टीका नेता कार्यकर्ताहरु बल्खु पुगेका छन् ।
केन्द्रीय कार्यालय परिसरमा रहेको मदन भण्डारीको प्रतिमामा केन्द्रीय नेताहरूबाट माल्यार्पणको कार्यक्रम रहेको छ । श्रद्धाञ्जली अघि बिहानैदेखि बल्खुमै रक्तदान कार्यक्रम पनि भइरहेको छ । यसैगरी आज देशभर विभिन्न कार्यक्रम गरी एमालेले मदन आश्रित दिवस मनाउँदैछ । तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनमा परेर निधन भएको थियो । दुई नेताको मृत्यु हुने गरी भएको जीप दुर्घटना अझै रहस्यमय नै छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !