सिन्धुलीमा यस्तो भयो धर्ना

                     
चिना थापा,
सिन्धुली,जेठ १ ।
धामिडुमरिया कमला सिँचाई आयोजनाको निर्धारित समय सकिनलाग्दा पनि आधा मात्र काम भएको भन्दै उपभोक्ताहरुले वुधवार मध्यामाञ्चल सिंचाई विकास डिभिजन नं. २ सिन्धुली र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र वुझाएका छन् । कमलामाई नगरपालिकाका १६, १७ र १८ को १ सय ५० हेक्टर जमिनमा सिंचाईको लागि निर्माणाधिन २ वर्षे परियोजनाको अवधि आगामी असार मसान्तमा सकिदै छ । यो समय पनि अघिल्लो पटकको समय सिमामा निर्माण कार्य नसके पछि थप गरिएको हो ।  ठेकेदारले काम गर्न आलटाल गरेकाले अहिलेसम्म ५२ प्रतिशत मात्र काम भएको धामीडुमरीया कमला सिंचाई जल उपभोक्ता संस्थाका अध्यक्ष गुणहरी पौडेलले जानकारी दिए । 
निरन्तर काम नहुँदा ३ सय ५० घरधुरी किसानहरुको २ सय विगाहा खेत वाजै वस्ने अवस्थामा पुगेको उहाको भनाई छ । अहिलेसम्म आरसिसी ढलान ७ सय २४ घनमिटर काम हुनुपर्नेमा २ सय ६६ घनमिटर मात्र काम सम्पन्न भएको, पिसिसी ढलान १ सय ८० घनमिटर हुनुपर्नेमा ४४ घनमिटर मात्र काम भएको, ढुङगाको सोलिङ १ सय ३७ घनमिटर हुनुपर्नेमा ४८ घनमिटर मात्र भएको र रड ४१ हजार ७ सय ८८ केजी प्रयोग गर्नुपर्नेमा  १८ हजार ६ सय ६१ केजी मात्र प्रयोग भएको अध्यक्षले पौडेलले वताए ।

 समयमा काम सम्पन्न गर्न सजिलोहोस् भनेर आफुहरुले वैशाख देखि नै वालीमा पानी नलगाएकाले खाने वाली पनि सुकेर गएको र काम पनि नभएको किसानहरुको गुनासो छ । २ करोड २८ लाखको लगानीमा सञ्चालित परियोजना जयशम्भु र लुम्वीनी खानी कन्«सट्रक्सनले ठेक्का लिएका हुन् । विहिवार सिंचाई डिभिजन, ठेकेदार पक्ष र जिल्ला प्रशासनवीच वैठक वसी तोकिएको समयमा आयोजना पूरा गर्न नसके ठेक्का रद्ध गरी उपभोक्तालाई जिम्मा लगाउने वा अहिले खेतिका लागि कुलो सञ्चालनमा ल्याई ठेकेदारले नै निर्माण कार्य सुचारु गर्ने निर्णय गरिने र अनुगमनमा जाने सिंचाई डिभिजनका इन्जीनियर जनक ढकालले वताए । ठेकेदार पक्षले विश्वासनिय कारण पेश गरे अन्तिम पटक ६ महिनाका लागि म्याद थप्न सक्ने इन्जीनियर ढकालले वताए ।

Related

स्थानिय 5377412939456757693

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item