अनिज सिन्धुलीमा पुनःथिङ

http://sindhulidarpan.blogspot.com/2013/05/murder.html
नेपाल अदिवासी जनजाति पत्रकार संघ (अनिज) सिन्धुलीको अध्यक्षमा पुनः काजिमान थिङ चयन भएको छ । अनिज सिन्धुलीको आइतवार सिन्धुलीमाढीमा भएको पहिलो जिल्ला सम्मेलनले थिङको अध्यक्षतामा २ सदस्य पछि मनोनयन गर्ने गरी ९ सदस्य कार्य समिति चयन गरेको छ ।
जसमा उपाध्यक्षमा नविन श्रेष्ठ, सचिव पारखी माइला, कोषाध्यक्ष सरला सुनुवार, सह–सचिव सुमन मगर रहेका छन् । त्यस्तै सदस्यहरुमा सुजता तामाङ र सिता संघर्षि ग्लान रहेका छन् । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष सुर्य पाख्रिनको प्रमुख अथित्यतामा भएको कार्यक्रममा संघिय समाज पार्टीका केन्द्रिय सदस्य कृष्णकुमारी वाइवा, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको केन्द्रिय सदस्य किरण श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !