खाजा खुवाएर बालिकाको सामूहिक बलत्कार


सुनसरीमा युवतीलाई करेसाबारीमै बलत्कार

काठमाडौं, जेठ १ । चितवन, सुनसरी र कञ्चनपुरमा बलत्कारको घटनमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । चितवनमा खाजा खुवाएर बालिकाको सामूहिक बलत्कारसमेत भएको छ ।

चितवनमा १३ वर्षीय बालिकालाई बलत्कार गरेको अभियोगमा चालक नारायण खरेल र सहचालक कुमार थापा मगरलाई पक्राउ गरेको छ । उनीहरुले बालिकालाई सामूहिक बलत्कार गरेका थिए ।

लोथर–नारायणघाट चल्ने ना.३ ख ३८५६ नम्वरको बस चालक भण्डारा–८ का २५ बर्षीय खरेल र सह–चालक २५ बर्षीय कुमार थापामगरलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले मंगलबार राति दोलखा जिल्ला घर बताउने १३ बर्षीया बालिकालाई ललाई फकाई खाजा खुवाएर बलत्कार गरेको प्रहरी भनाई छ । चालक मगरकै घरमा लगेर बालिकाको बलत्कार भएको थियो ।

बालिकालाई स्थानीय बासिन्दाहरुले बेहोस अवस्थामा फेला पारेर उपचार गराएका थिए । स्थानीयले नै बालिकालाई प्रहरीको जिम्मासमेत लगाएका हुन् ।

उता, सुनसरीमा जवरजस्ती करणी गरेको अभियोगमा प्रकाशपुर–७ बस्ने ३० बर्षीय सन्तोष लिम्बुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

लिम्वुले मंगलबार राति १७ बर्षीया युवतीलाई घर नजिकैको करेसावारीमा लगेर जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । प्रहरीले पीडित युवती र पीडकलाई स्वास्थ्य परीक्षणका लागि घोपा अस्पताल धरानमा लगेको छ ।

त्यसै गरी, कञ्चनपुरमा ६ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा रैकवार–३, शान्तिपुरका १८ बर्षीय पदम ताम्राकारलाई प्रहरीले पक्राउ गरेको छ ।

ताम्राकारले मंगलबार राति सोही ठा“उ बस्ने बालिकालाई जवरजस्ती करणी गरेका थिए ।

Related

राष्ट्रिय 3733736101246291466

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item