सिन्धुली सडक अर्को वर्ष पूरा

http://sindhulidarpan.blogspot.com/2014/11/ROad.html
काठमाडौं, २७ कात्तिक । सिन्धुली सडक मार्ग २०१५ को मार्च महिना भित्रमा पूरा गर्ने जापान अन्तर्राष्ट्रिय सहयोग संस्था जाइका उपाध्यक्ष तोसियुकी कुरोयानागीले बताएका छन् ।
नेपाल भ्रमणमा रहेका बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, सिन्धुली सडक मार्ग निर्माणमा नेपाल र जापानका इन्जिनियरहरूले महत्वपूर्ण भूमिका खेलेका छन् । पूर्ण रूपमा यो प्रोजेक्ट धुलिखेलदेखि बर्दिबाससम्मको सडक मार्गको २०१५ को मेमा उद्घाटन गर्ने लक्ष्य रहेको छ ।
सन् १९८८ मा अध्ययन गरि १९९६ को नोभेम्बर कार्य थालिएको सो सडक मार्गले त्यस क्षेत्रका जनताको सामाजिक र आर्थिक क्षेत्रमा सहयोग पुग्ने उनले बताए ।
नेपालको विकासमा पछिल्ला ४० वर्षमा जाइकाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उपाध्यक्ष तोसियुकीले भने, 'काठमाडौंको सितापाइलादेखि धार्दिङको नौबिसेसम्मको सडक निर्माणका लागि पनि कुरा अघि बढेको छ । तर अहिले नै टुंगो लागेको छैन ।
जाइका नेपाल यातायात हेर्ने केन्तारो कुइकानेले निकट भविस्यमा नागढुंगा सुरूङ र सूर्यविनायक-धुलिखेल सडक निर्माणका बारेमा ऋण र सहयोग मिलाएर सहयोग गर्ने योजना रहेको बताए । यस्तै, जाइकाले काठमाडौै उपत्यकाको शहरी सवारीसाधनको स्तरमा बृद्धि गर्नका लागि सहयोग गर्ने बताएको छ ।
उनका अनुसार त्यो गुरू योजना ५ देखि १५ वर्षसम्म स्थापित हुने छ । हालका लागि भने अध्ययन गर्ने जाइकाको लक्ष्य छ । साथै, सामुदायिक पहुँच सुधार योजना अन्तरगत सिन्धुली र यहि वरपरका ५ जिल्लामा ३२ सामुदायिक पुल बनाउने जाइकाको लक्ष्य छ । त्यो समय अवधि २०१० डिसेम्बरदेखि २०१५ को डिसेम्बरसम्म रहेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !