स्वास्थ्य चौकी नजानेसँग स्पष्टिकरण माग गर्दै तलब रोक्का

मीनकुमार दाहाल, सिन्धुली, मंसिर ११ ।

जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले आफ्नो दरबन्दी अनुसार स्वास्थ्य संस्थामा नबस्ने कर्मचारीहरुसँग स्पष्टिकरण माग गर्दै उनीहरुको तलब रोक्का गरिएको जनाएको छ ।

ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरु अनुगमनको क्रममा पुरानो झागाँझोली उपस्वास्थ्य चौकी, खुर्कोट स्वास्थ्य चौकी, बालाजोर स्वास्थ्य चौकी, अमले स्वास्थ्य चौकी, हरिहरपुरगढी स्वास्थ्य चौकीका कार्यरत कर्मचारीहरु नभेटिएका कारण त्यहाँ कार्यरत कर्मचारीहरुसँग स्पष्टिकरण माग गरिएको र उनीहरुको तलब समेत रोक्का गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

स्पष्टिकरण माग गरिएको कर्मचारीहरुमा पुझा उपस्वास्थ्य चौकी, खुर्कोट स्वास्थ्य चौकी, बालाजोर स्वास्थ्य चौकीका सम्पूर्ण कर्मचारी रहेका छन भने सितलपार्टी उपस्वास्थ्य चौकीका तुलविक्रम थापा, अमले स्वास्थ्य चौकीका नारायण कुमार श्रेष्ठ, हरिहरपुरगढी स्वास्थ्य चौकीका अहेब मोहन साह र लाम्पान्टार प्राथामिक स्वास्थ्य केन्द्रकी अनमी विमला कार्की  रहेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय मातहत करार र दरबन्दी सहित जिल्ला भरी झण्डै तिन सय कर्मचारीहरु कार्यरत छन । जस्मा जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, ४ वटा प्राथामिक स्वास्थ्य केन्द्र, २५ वटा स्वास्थ्य चौकी र २६ वटा उपस्वास्थ्य चौकीमा त्यो जनशक्ति विन्यास भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको दरबन्दी विवरण अनुसार बरिष्ठ जनस्वास्थ्य प्रमुख सहित मेडिकल अधिकृत डाक्टर ७ जना, ल्याब टेक्नीसियन २ जना, हेल्थ असिष्टेन्ट ३२ जना, स्टाफ नर्स ८ जना, ल्याव असिष्टेन्ट ५ जना, अहेब १२० जना र अनमी ८१ जनाको दरबन्दी भएपनि हाल मेडिकल अधिकृत डाक्टर ४ जना, हेल्थ असिष्टेन्ट १४ जना, ल्याब असिष्टेन्ट ३ जना, स्टाफ नर्स २ जना, अहेब ९१ जना र अनमी ६१ जना मात्र जिल्लामा कार्यरत छन । विभागले स्वास्थय कार्यालयको दरबन्दी अनुसार स्वास्थ्यकर्मीहरु पठाउन सकेको अवस्था छैन ।

एकातिर विभागले दरबन्दी अनुसार जिल्लामा स्वास्थ्यकर्मी पठाएको छैन भने अर्को तर्फ जिल्लामा भएको दरबन्दी अनुसारको जनशक्ति पनि आफ्नो स्वास्थ्य संस्थामा नबस्ने गरेको गुनासाहरु बारम्बार आउने गरेका छन् ।

दरबन्दी अनुसार सरकारले स्वास्थ्यकर्मीहरु नपठाउँदा र भएका स्वास्थ्यकर्मीहरु पनि नियमित स्वास्थ्य संस्थामा नबसिदिदा सिन्धुलीका ग्रामीण क्षेत्रका स्थानीयहरु सामान्य स्वास्थ्य सेवा लिनबाट बञ्चीत हुनुपरेको गुनासाहरु बारम्बार आउने गरेका छन ।

गाउँका प्राथामिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीहरुमा दरबन्दी अनुसार डाक्टर र स्वास्थ्यकर्मीहरु नबस्ने, सरकारले निशुल्क बाड्ने गरेको औषधी समेत गाउँको स्वास्थ्य संस्था सम्म नपुग्ने, जिल्ला स्वास्थ्य कार्यालयले औषधी खरिदको नाममा किर्ते बिल पेश गरेर रकम निकाशा गरी दुरुपयोग गर्ने गरेको वताइएको छ ।

त्यस्तै  जिल्ला अस्पतालकै स्टोरबाट एन्टीरेविज भ्याक्सीन लगायत औषधीहरु हराउने, अस्पताल भित्रै डाक्टरले बिना रसीद विरामीसँग पैसा लिने र अस्पतालका प्रमुख डाक्टर नै विरामीको उपचार नगर्ने जस्ता समस्याबाट सिन्धुलीको स्वास्थ्य क्षेत्र गुज्रीरहेको अवस्था छ । यी यावत समस्याले भद्रगोल भएको जिल्लाको स्वास्थय क्षेत्रमा आमुल परिवर्तनल ल्याउन जरुरी रहेको सरोकारवालाहरु बताउछन् ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुरेन्द्र प्रसाद चौरसीया भने जिल्लाको स्वास्थ्य क्षेत्रलाई क्रमिक रुपमा सुधार ल्याउन कार्यालयले सुधार गरेको बताउछन । उनी भन्छन, “सवैकुरा सिस्टममा लगेपछि मात्र ठिक हुन्छ । जस्ले सिस्टम मान्दैन उसलाई कार्वाहि गरिन्छ ।” भद्रगोल अवस्थामा रहेको स्वास्थ्य क्षेत्रलाई सिस्टममा लगेर जनतालाई राहतको अनुभुति दिने काममा आफुहरु क्रियाशिल रहेको चौरसियाले बताए । 











Related

प्रमूखखबरहरु 988689110819170216

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item