वन रक्षकको संरचना समाप्त हुँदै
http://sindhulidarpan.blogspot.com/2014/12/jungle.html
मीनकुमार दाहाल, सिन्धुली, पुस ९ ।
नेपाल सरकारले सशस्त्र वन रक्षकमा नयाँ भर्ना नगर्दा सो संगठनको संरचनानै समाप्त हुने भएको छ । सशस्त्र वन रक्षक तत्कालीन राजा त्रिभुवनले १९८७ साल एक सिङ्गे गैडा संरक्षण गर्न फोर्सको स्थापना गरेका थिए जिल्ला वन कार्यालय सिन्धुलीमा कार्यरत जमदार पृथ्वीवहादुर कटुवालले वताए ।
स्थापना गर्दा १ हजार ८२ जनाको दरवन्दी भएको सशस्त्र वन रक्षकको सो संठनमा हाल ३ सय मात्र वन रक्षक कार्यरत रहेको कटुवाल बताउछन् ।
संगठन काम गर्नेहरु क्रमश जागिरवाट रिटायर हुँदै गए तर सरकारले खाली भएको दरवन्दी पदपुर्ती नगर्दा सशस्त्र वन रक्षक संगठननै समाप्त हुने अवस्थामा पुगेको उनको भनाई छ ।
यस्तै हो भने अबको केही वर्षमा यो संगठन समाप्त हुने दावी कटुवालले गरे । वन रक्षक नहुँदा वन गस्ती हुन छाडेको छ । वन गस्ती नहुँदा वन तस्करी वड्ने उनले वताए । तराईका जिल्लामा वन तस्कर वढ्नुमा वन रक्षक नहुँनु नै प्रमुख समस्या भएको सो संगठनको दावी छ ।
खाली भएको दरवन्दीमा पद पुर्ति गर्न नेपाल सरकारलाई हामीले पटक पटक आग्रह गरेका छौ सुनुवाई नभएको गुनासो उनले गरे । सिन्धुली जिल्ला वन कार्यालयमा १० वटा ३ नट ३ राईफल थिए । अहिले सवै हतियार काम नलाग्ने भएका छन । सशस्त्र वन रक्षकको संगठन नेपालको ३१ सजिल्लामा रहेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !