सिन्धुलीमा स्थायी शिक्षककै धेरै नक्कली प्रमाणपत्र

अख्तियारको डरले दिए ४६ शिक्षकले राजीनामा

मीनकुमार दाहाल, सिन्धुली, फागुन ५ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) र शैक्षिक प्रमाणपत्र छानबिन गर्ने भएपछि जिल्लाका ४६ जना शिक्षकहरुले राजीनामा दिएका छन् ।

नक्कली लाइसेन्स र शैक्षिक प्रमाण पत्र पेश गरेर जागिर खाँदै आएका स्थायी तथा अस्थायी शिक्षकहरुबाट हालसम्म ४६ जनाको राजिनामा आएको जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जनाएको छ । 

अख्तियारको डरका कारण नक्कली प्रमाणपत्र पेशगरी जागिर खाँदै आएकाहरुबाट हालसम्म ४६ जनाको राजीनामा आइसकेको र अझै त्यस्ता शिक्षकहरुको राजिनामा आउन सक्ने सम्भावना रहेको कार्यालय श्रोतले बतायो । 

मावि, निमावि र प्रावि तहका स्थायी, अस्थायी एवं राहत दरबन्दीका शिक्षकहरुबाट राजिनामा आएको भएपनि क कसले राजिनामा दिए भन्ने विषयमा भने कार्यालयले खुलाउन चाहेन ।
सहायक जिल्ला शिक्षा अधिकारी देवी अधिकारीका अनुसार जिल्लामा राजीनामा दिने शिक्षकहरुमध्ये सबैभन्दा बढी स्थायी शिक्षकहरुनै रहेको पाइएको छ । ४६ शिक्षक मध्ये २९ जना स्थायी शिक्षकहरु रहेका छन् ।

उनले भने, ‘राजीनामा दिने सबै शिक्षकहरु दोषी नहुन पनि सक्छन् केहीको अनिवार्य अवकासको राजीनामा पनि छ, केहीले दरबन्दी छाडेर राहत दरबन्दी तर्फ जागिरखान जाने मनसायले पनि राजिनामा दिएका हुन सक्छन् । कार्यालयले पनि आन्तरिक रुपमा नक्कली प्रमाणपत्र र नियुक्तीको अनुगमन थालेको छ ।’
प्रावि तहका ३५ जना, निमावि तहका ८ जना र मावि तहका ३ जना शिक्षकहरुले अख्तियारको कारबाहीमा पर्ने डरले छानविन अगाबै राजिनामा दिएका हुन् ।

यी मध्ये प्रवि तहका २४ जना, निमावि तहमा ३ जना र मावि तहका २ जना स्थायी शिक्षकको राजीनामा आएको छ भने, प्रावि तहमा ११ जना, निमावि तहका ५ जना र माविल तहका १ जना अस्थायी तथा राहत दरबन्दीका शिक्षकहरुको राजीनामा आएको र उनिहरुको राजीनामा स्विकृत गरिसकिएको सहाय जिल्ला शिक्षा अधिकारी अधिकारीको भनाई छ ।
यस वाहेक जिल्लाका ९ वटा स्रोतकेन्द्र अन्तरगत कार्यरत शिक्षकहरुको शैक्षिक योग्यताको प्रमाणपत्र र लाइसेन्स संकलनगरी छानविनाका लागि अख्तियारको क्षेत्रिय कार्यालय हेटौंडामा पठाईसकिएको र बाँकी सात वटा स्रोत केन्द्र अन्तरगत कार्यरत शिक्षकहरुको संकलन गर्ने कार्य भइरहेको अधिकारीको भनाई छ ।

प्रायः गरेर स्थायी दरबन्दीको शैक्षिक प्रमाणपत्र नक्कली र राहतमा हुनेहरुमध्य अधिकांशको लाइसेन्स नक्कली या अरुकै भएको हुन सक्ने अनुमान गरिएको छ । यसरी राजीनामा दिने शिक्षकहरुको शैक्षिक प्रमाणपत्र र नियुक्तिका विषयमा भने कार्यालयले छानविन प्रक्रिया अघि बढाउन सकेको छैन ।

यसैविच नक्कली शैक्षिक प्रमाण पत्र र लाइसेन्स पेश गरेर जागिर खाने र उनिहरुलाई नियुक्त दिने अधिकारी र सम्बन्धित निकायमाथी समेत अख्तियारले छानविन गर्नु पर्ने सरोकारवालाहरुले माग गरेका छन् ।


पछिल्लो समयमा आफन्तलाई भर्ना गर्ने प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको लापरबाहीका कारण पनि नक्कली प्रमाणपत्र हुनेहरुले प्रसय पाएको हुनसक्ने अनुमान गरिएको छ । 
त्यस्ता नक्कली प्रमाणपत्रका आधारमा आफन्तलाई नियुक्ति गर्ने प्रअ र अध्यक्ष तथा त्यसलाई सदर गर्ने जिशिअ समेत दोषी हुने भन्दै जिल्लाका सचेत अभिभावकहरुले उनिहरुमाथी समेत अख्तियारले छानविन र कारबाही गर्नुपर्ने माग गरेका छन् ।

देशका विभिन्न शैक्षिक संस्थामा कार्यरत शिक्षकहरुको नक्कली प्रमाणपत्र र शिक्षक अध्यापन अनुमतिपत्र लाइसेन्स नक्कली भएको उजुरी परेपछि अख्तियारले देशभरका शिक्षकहरुको शैक्षिक प्रमाणपत्र छाविन गर्ने जनाएको थियो । 

यस अघि वन कार्यालयमा कार्यरत कर्मचारीहरुको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन गर्ने जनकारी पाएसगैँ उनीहरुले राजीनामा दिएका थिए । 

Related

प्रमूखखबरहरु 8677804817732145705

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item