सिन्धुलीमा ट्रिफर दुर्घट्ना, चालकको मृत्यु
http://sindhulidarpan.blogspot.com/2015/02/accident_20.html
सिन्धुली, फागुन ८ ।
सिन्धुलीमा ट्रिफर दुर्घट्ना हुदाँ चालकको ज्यान गएको छ । ककुरठाकुर गाविस–५ मा आज मालबाहक ट्रिफर दुर्घट्ना हुँदा उक्त चालकको घट्ना स्थमलै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना घ ख ८७८० नम्बरको ट्रिफर दुर्घट्ना हुँदा उदयपुर कटारी वडा नं.६ बस्ने ट्रिपरका चालक रोशन अधिकारीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
मारुती सिमेन्टले उत्खनन गर्दै आएको कच्चा पदार्थ चुन ढुङ्गा लिएर कम्पनी तर्फ हिँडेको ट्रिफर तिब्रगतीका कारण दुर्घट्ना भएको प्रहरी निरिक्षक सुवेदीले बताए ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !