ग्वाङ्खोला दुर्गन्धित बन्दै, दोषी कमलामाई नगरपालिका

http://sindhulidarpan.blogspot.com/2015/02/sindhuli.html
मीनकुमार दाहाल, ९ फागुन, सिन्धुली ।
झण्डै एक वर्ष अघिमात्र सरसफाईको अभियाननै चलाएर सफा गरिएको जिल्ला सदरमुकाम माढी स्थित ग्वाङखोला क्षेत्र फेरी फोहोर मैलाले दुर्गन्धीत बन्दै गएको छ । बजारबाट निस्किएको फोहोर व्यवस्थापनमा कमलामाई नगरपालिकाको लापरबाहीले गर्दा यहाँको ग्वाङखोला तथा नजिकैका सडकहरुको स्वरुप कुरुप बन्दै गएका छन् ।
नगर क्षेत्रबाट उत्पादित फोहोर मैला उचित व्यवस्थापन हुन नसक्दा खोला दुर्गन्धित बढ्दै गएको हो । नरपालिकाले फोहोर व्यवस्थापनका लागी वर्सेनी लाखौँ रुपैयाँ खर्चेर दुई किलोमिटर क्षेत्रमा डम्पिङ साइड निर्माण गरेको भएपनी बजार क्षेत्रमा उत्पादित फोहोर समयमा उठाएर डम्पिङ नगर्दा यस्तो अवस्था आएको स्थानिय बताउछन् ।
शैलुनबाट जम्मा हुने कपाल, कुखुराको प्वाँख एवं हड्डी, वियरजन्य रक्सीका खाली बोतल, होटलबाट निस्किने फोहोर, बसपार्क क्षेत्र आसपासका फोहोरले खोला किनार दुर्घन्धित हुदै गएको स्थानिय गोकर्ण बस्नेतले दुःखेसो गरे ।

ग्वाङखोला फोहोर र दुसित हुँदा प्रसिद्ध काली कमलामाईको दर्शनका लागी आउने श्रद्धालु भक्तजनहरु समेत मारमा परेका छन् ।
मन्दिरमा जलचढाउन एवं स्नना गर्न ग्वाङखोलाकै पानी प्रयोग गर्नु पर्ने भएपनि फोहोरका कारण खोला प्रदुसित हुँदा पानी छुन समेत नसकिने मन्दिर व्यवस्थापन समितिका एक सदस्यले गुनासो गरे ।
बसपार्क क्षेत्रमा फोहोर फ्याक्ने व्यक्ति र व्यवसायीलाई नगरपालिकाले उन्मुक्ती दिएका कारण पनि फोहोर व्यवस्थापन समयमा हुन नसकेको स्थानीयको आरोप छ ।
‘नगरपालिकाका कर्मचारीले नगरका व्यवसायीको आर्थिक प्रलोभनमा परेर उनिहरुलाई कारबाही साटो उन्मुक्ती दिने गरेकाले पनि यस्तो अवस्था आएको हो,’ अर्का स्थानीय देवकृष्ण कटवाले भने, ‘हैन भने लाखौ फोहोर व्यवस्थापनका लागी वर्षेनी खर्चभएको लाखौं रुपैयाँको उपलब्धी यही हो ।’
ग्वाङखोलामा स्थानीय झण्डै आधा दर्जन घरबाट निस्कने ढल मिसाइएको भएपनि गरपालिकाले त्यसको अनुगमन गर्न नसकेको आरोप छ ।
उता धार्मिक तथा पर्यटकिय सुन्दरता बोकेको सदरमुकामको मुटु भएर बग्ने ग्वाङखोलाको सरसफाईका लागी नगरकै अगुवाइमा एक वर्ष अघि अभियान चलाइएको भएपनि अहिले त्यसले निरन्तरता पाएको छैन् भने नगरपालिकाकै व्यवास्थाका कारण फोहोर बढ्दै गएको छ ।
यस सम्बन्धमा अभियानले केही समय निरन्तरता पाएको भएपनि त्यति वेलाका सहयोगी संस्थाहरुविचमा समन्वय हुन नसक्दा रोकिएको भन्दै त्यसलाई फेरी निरन्तरता दिने कमलामाई नगरपालिकाका सब ईन्जिनियर विनोद खकुराल बताउछन् ।
नगर क्षेत्रभित्र फ्याकिएका अव्यवस्थित फोहोर मैलाका विषयमा पनि तत्कालै अनुगमनका लागी नगरको वातावरण शाखालाई निर्देशन दिने उनको भनाई थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !