सिन्धुलीगढीमा मनाइयो विजय उत्सव

मीनकुमार दाहाल, सिन्धुली, कात्तिक २४ । 
कप्तान किनलकको नेतृत्वमा नेपाल कव्जा गर्न आएका व्रिटिस सेनालाई १८२४ कात्तिक २४ गते सिन्धुलीको गढीको लडाईमा नेपाली सेनाले जितेको दिनलाई स्मरण  गर्दै नेपाल पत्रकार महासंघ जिल्ला विकास समितीले संयुक्त रुपमा विजय उत्सव मनाएको छ ।

 विश्वमा व्रिटेनले पहिलो पटक युद्धमा हारेको स्थान सिन्धुलीगढी भएको कार्यक्रममा सहभागीहरुले वताएका थिए । सिन्धुलीगढीमा विसं १८२४ भएको व्रिटेन र  नेपाल लडाईको नेतृत्व वंशु गुरुङ्गले गरेका थिए । 


सो स्थानवाट अंग्रेज फौजलाई नेपाली फौजले सिस्नो, अल्लो, ढुङ्गा, मुढा तथा अरिङ्गालको सहयोगमा घरेलु हतियार प्रयोग गरि लडाई जितेको भन्ने इतिहाँसमा पढ्न पाईन्छ । नेपाली सेनाले कात्तिक २४ गते विजय प्राप्त गरेको स्थानमा झण्डोत्तोलन र सलामी दिने गरेको छ ।

पत्रकार महासंघ र जिल्ला विकास समितीले सोमबार आयोजना गरिएको विजय उत्सव मनाउन जिल्लाका सांसदहरु संस्कृत तथा मन्त्रालयका सचिव पर्यटन सुरेशमान श्रेष्ठ, पुरातत्व विभागका महानिर्देशक भेषमान दाहाल सिन्धुली तथा छिमेकी जिल्लावाट मानिसहरु आएका थिए । 

ऐतिहाँसीक महत्व भएको सिन्धुली गढी क्षेत्रलाई पुरातत्व विभागले महत्वका साथ संरक्षण गर्ने जनाएको छ । कार्यक्रमा विभिन्न जातीको पहिचाहन सहितको झाँकी तथा नृत्यहरु प्रस्तुत गरिएको थियो ।











Related

प्रमूखखबरहरु 9082181446342876934

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item