सिन्धुलीका डाक्टर भन्छन् 'स्वास्थ्य जाचँ गर्न आएको होइन'

http://sindhulidarpan.blogspot.com/2014/11/hospital.html
मीनकुमार दाहाल, सिन्धुली, २१ कात्तिक ।
अचम्म लाग्न सक्छ डाक्टरले विरामीको उचार गर्दैनन भन्ने सुन्दा । तर सिन्धुली जिल्ला अस्पताल आएका डाक्टर सुरेन्द्रप्रसाद चौरसिया विरामीको उचार गर्दैनन् । सरकारले चौरसियालाई दशै अगाडी स्वास्थ्य मन्त्रालयवाट सिन्धुली अस्पतालको प्रमुख जिम्मेवारी दिएर पठाएको छ । उनले जिल्लामा आए देखी एक जना विरामीको उपचार गरेका छैनन् ।
आर्युवेदीक डाक्टरलाई मन्त्रालयले अस्पतालको प्रमुख बनाएर पठाए पछि यस्तो समस्या परेको हो । चौरसिया आर्युवेदीक अस्पताल नरदेवीवाट आर्युवेद चिकित्कसा शासस्त्र पास गरेको वताउँछन् । उनको सेवा अवधि १५ वर्ष भैसकेको छ । तर पनि उनले एक पटक पनि एलोपेथिक विरामीको उपचार गरेका छैनन् । सिन्धुली अस्पताल सुधारको लागी मन्त्रालयले पठाएका डाक्टरले विरामी जाँच गरे पछि उपचारमा आउने विरामी अचम्म मान्छन् ।

विरामी वच्चा लिएर अस्पताल आएका अस्पताल विकास समितीका पुर्व अध्यक्ष पानिराज बम्जन प्रमुख डाक्टरले विरामी नहेरे पछि छक्क परे । विरामी वच्चा ठुलो डाक्टरलाई देखाउने सोचमा थिए । अस्पतालका कर्मचारीले प्रमुख डाक्टर चौरसीयाले विरामी जाँच गर्नु हुन्न भन्ने जवाफ दिए वम्जनले भने । डाक्टरले विरामीको उचार गर्नुको सट्टा आर्थिक कारोवार र प्रशासन हेर्न थाले पछि अस्पताल सुधार हुन नसक्ने वताउँ छन् वम्जन । सरकारले अस्पतालको मुख्य मान्छेनै गलत भए पछि अस्पताल सुधारोन्मुख हुनको सट्टा झन भद्रगोल हुने दाबी बम्जनले गरे ।
डाक्टर चौरसीया विरामी जाचँ गर्न आएको हैन अस्पतालको व्यवस्थापन मिलाउन आएको भन्छन् । मैले मात्रै काम गर्ने भए अन्य डाक्टहरुले के गर्ने उनी भन्छन् । आर्युवेदीक डाक्टरलाई एलोपेथिक पद्धतीद्धारा उपचार गर्न समस्या भएको छ । अस्पतालको व्यवस्थापन विग्रीयो भनेर मन्त्रालयले यहाँ पठाएको हो । मलाई सिन्धुली आउन पटक्कै मन थिएन चौरसीयाले भने । आफु कुसल व्यवस्थापक हुँ मैले कार्यालयको व्यवस्थापन गर्ने उनको भनाई छ । जिल्ला अस्पतालमा उनी मात्रै एक जना स्थायी डाक्टर हुन । वाँकी तिन जना स्वास्थ्य मन्त्रालयलले करारमा पठाएका मेडिकल अधिकृतहरु छन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !