देवलालको मलेसियामा मृत्यु भएपछि परिवारको विचल्ली

 मीनकुमार दाहाल, सिन्धुली, २१ कात्तिक ।

रोजगारीको सिलसिलामा मलेसीया पुगेका सिन्धुली महादेवडाँडा गाविस वडा नं. २ का २३ वर्षिय देवलाल सुनुवारले मलेसीया पुगेको २ महिना नवित्दै ज्यान गुमाएका छन ।

मलेसियाको एक रेष्टुरेन्टमा वेटरको काम गर्नका भन्दै भदौं २ गते हिडेका उनको २ महिना नपुग्दै कात्तिक ११ गते मृत्यू भएको छ । 

पैसा कमाउन गएका श्रीमानको मृत्यु भए पछि श्रीमती जीतमायाँ सुनुवार श्रीमानको शब कुरिरहेकी छिन ।
"साहुसँग ऋण गरेर पैसा कमाउन जानुभएको श्रीमानको लास पनि कसरी नेपाल सम्म आइपुग्ने हो ठेगान छैन", जिल्ला सदरमुकाम सिन्धुलीमाढी आएकी जीतमायाले आफ्नो दुखेको यसरी पोखीन ।
 "अब मसँग ३ वर्षको एउँटा छोरो र १ वर्षकी छोरी छ उहाँको चीनो, कसरी पाल्ने, हुर्काउने, पढाउने थाहा छैन "

संयोग ओभरसिज प्रा.लि.मार्फत १ लाख ५५ हजार रुपैयाँ दिएर मलेसीया पुगेका उनी, पुगको ३ दिनपछि विरामी परेर अस्पताल भर्ना भएको र उपचारको क्रममा मृत्यू भएको जानकारी पाएको मृतक सुनुवारका दाजु बीर बहादुर सुनुवारले बताए ।


Related

प्रमूखखबरहरु 6446004081553223247

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item