विदेश जानुअघिको सल्लाह सिन्धुलीमा

http://sindhulidarpan.blogspot.com/2014/11/sindhuli_5.html
मीनकुमार दाहाल, सिन्धुली, १९ कात्तिक ।
वैदेशिक रोजगारमा जाने व्यक्तीहरुलाई मेनपावर कम्पनीहरुले ठग्न थाले पछि श्रम तथा रोजगार मन्त्रालयले सिन्धुली जिल्लामा सुचना तथा परामर्स केन्द्र स्थापना गरी विदेश जानुअघि आफु कसरी सुरक्षित हुने विषयमा जानकारी दिन थालेको छ ।
जिल्ला विकास समितीको मातहतमा श्रम तथा रोजगार मन्त्रालयले वैदेशीक रोजगारमा जानेहरुको लागी सो परामर्स सेवा उपलव्ध गराउन थालेको हो । जिल्ला प्रशासन कार्यालयले एमआरपी (पास्पोट) वनाउन फारम भरेका व्यक्तीहरुलाई सो परामर्स केन्द्र पठाउने गर्छ ।
परामर्स केन्द्रले वैदेशिक रोजगारमा जान लागेका व्यक्तीहरुलाई मेनपावर कम्पनीहरुले कसरी ठग्छन् भन्ने विषयमा राय सल्लाह दिने गरेको छ । परामर्श केन्द्रमा आउनेहरुलाई आफु कुन देश जादैछु त्यहाँको भाषा, सम्वन्धित कामको तालिम लिएर मात्रै कामको लागी विदेश जान परामर्श दिने गरेको परामर्श केन्द्रकी रामा कार्की वताउँछिन् ।
परामर्स केन्द्रमा दैनिक एक सय भन्दा वढी वैदेशिक रोजगारको लागी एमआरपी वनाउ जिल्ला प्रशासन कार्यालय आउने पुरुष तथा महिलाहरु आउने गरेको परामर्स केन्द्र सोभित स्याङ्गतान वताउँछन् । परामर्स केन्द्रमा आउनेहरु दलाल र मेनपावर कम्पनीवाट ठगिने कम सम्भावना हुन्छ उनले भने ।
वैदेशिक रोजगारको लागी एमआपी लिन आएका महादेवस्थान गाँउ विकास समितीका ६५ वर्षिया गुणवहादुर थापा परामर्स केन्द्रवाट विदेश जानु पुर्व विविध विषयमा ख्याल गर्नु पर्ने जानकारी पाए पछि निकै खुसी छन् । विदेश जाने क्रममा मेनपावर कम्पनी र त्यसका दलालहरु मिलेर मानिसहरु ठग्ने गरेका थिए ।
अव परामर्स केन्द्रमा आएर वैदेशीक रोजगारमा जानु पुर्व आफु कसरी सुरक्षित हुने भन्ने जानकारी पाएको थापाले वताए । परामर्स केन्द्र स्थापना गरे नेपाल सरकारले ज्यादै राम्रो काम गरे छ थापाले भने । खास गरी खाडी मुलुकमा काम गर्न सिन्धुलीको अमले, वस्तीपुर, शान्तेश्वरी, नेत्रकाली, तामाजोर, महादेवस्थान, कपिलाकोट, डाडी गुराँसे, क्यानेश्वर, हरिहरपुर गढी, कल्पवृक्ष, पिपलमाढी गाँउ विकास समितीका युवायुवतीहरु वैदेशीक रोजगारको लागी जाने गरेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !